जकार्ता- इन्डोनेसियाको बोर्नेओ तटीय क्षेत्रमा सोमबार यात्रुवाहक डुंगा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ।
बोर्नेओ प्रान्तको तानजुङ सेलोरपारमा प्रवेश गरेको केही मिनेटमै डुंगा दुर्घटना भएको थियो। डुंगामा करिब ४५ व्यक्ति सवार रहेका र केही व्यक्ति अझै बेपत्ता रहेको जनाइएको छ। बेपत्ता यात्रुको यकिन संख्या पत्ता लगाउने कोसिस भइरहेको वरिष्ठ सरकारी अधिकारीले बताएका छन्।
दुर्घटनापछि ३३ जनालाई नौसेनाले उद्धार गरेका बताइएको छ। हावाहुरीका कारण बाँकी यात्रुको उद्धार कार्यमा कठिनाइ भएको जनाइएको छ।
दुर्घटनाको कारण प्रस्ट हुन सकेको छैन।
करिब १७ हजार द्वीप रहेको इन्डोनेसियामा डुंगा दुर्घटना बारम्बार हुने गर्छ। (रासस/एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।