काबुल- अफगानिस्तानको पूर्वी भेगमा रहेको नान्गाहार प्रान्तमा अफगान सेनाले गरेको हवाई कारबाहीमा अतिवादी संगठन इस्लामिक स्टेट (आइएस)का पाँच लडाकु मारिएका छन्।
नान्गाहार प्रान्तको दिह बाला जिल्लामा अफगान विशेष बलले गरेको कारबाहीमा आइएसका पाँच आतंककारी मारिएका र दुई जना घाइते भएका विशेष सुरक्षा बलले जनाएको छ। सोमबार अपरेसन कोडिसन ग्रुप अफगानिस्तानले जारी गरेको विज्ञप्तिमा त्यसबारे उल्लेख गरिएको छ।
अफगान सुरक्षा बल र नेटो आबद्ध सैनिकले आतंककारी विरुद्ध हवाई कारबाही जारी राखेका छन्। अफगानिस्तानमा तालिवान र आइएसले आक्रमण गर्दै आएको छ।
अफगानिस्तानको नान्गाहार प्रान्तमा सन् २०१५ बाट आइएसको बलियो प्रभाव रहँदै आएको मानिन्छ। (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।