एजेन्सी- आतंकवादी संगठन अल–कायदाका संस्थापक ओसामा बिन लादेनका १२ वर्षीय नाति हमजा बिन लादेनको हत्या भएको छ।
अल–कायदाका एक लडाकु समर्थकले लादेनका नातिको हत्या भएको खुलासा गरेका हुन्।
अल–कायदाको अनलाइन समर्थकबीच हमजासँग जोडिएको पत्र व्यापक रूपमा शेयर गरिएको छ। पत्र लादेनका नाति हमजाले नै लेखिएको बताइएको छ।
अल–बतिकले लादेनका नाति हमजाको हत्या कहाँ र कसरी भयो विस्तृत जानकारी दिएका छैनन्। तर अल–कायदाका अर्का समर्थक अबु–खल्लाद अल–मुहनदिसका अनुसार हमजाको हत्या गत मे २६ देखि जुन २४ सम्म मनाइएको रमजान महिनामा भएको हो।
अल–मुहनदिसले भने हमजाकी आमा र परिवारलाई लेखिएको एउटा पत्र पनि साझा गरेका छन् । यो पत्र हमजाले नै लेखिएको दाबी गरिएको छ ।
कथित पत्रमा हमजाले आफ्नो आकांक्षा एउटा सहिदको मृत्यु वरण गर्ने रहेको उल्लेख गरेका छन्। पत्रमा उनले सन् २०११ मा हजुरबुवा ओसामा बिन लादेन मारिएपछि निकै दुःखी भएको पनि उल्लेख गरेका छन्।
उनले आफ्ना आफन्तसँग पनि हजुरबुवा र अरु दाजुभाइ, काकाहरूको हत्यको बदला लिन युद्ध जारी राख्न पनि आग्रह गरेका छन्।
अनलाइन अल–बतिक बिल्लाहले आइतबार एउटा म्यासेजिङ एप टेलिग्रामबाट लादेनका नाति हमजाको हत्या भएको खुलासा गरेका थिए ।
बिल्लाहको खुलासापछि अल–कायदाका हाई प्रोफाइल इन्साइडर सायबत–अल–हुकमालगायत अल–कायदाका सयौं समर्थकले टेलिग्राममा हमजा हत्याको समाचार शेयर गरेका थिए ।
अल–बतिकले अल–कायदासम्बन्धी दिने जानकारी र सूचना विश्वसनीय मानिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।