पोखरा– नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा सांसद तुलबहादुर गुरुङले नेपाल पत्रकार महासंघ, कास्की शाखाले स्थापना गरेको पत्रकार कल्याण कोषमा व्यक्तिगत रुपमा रु ५० हजार सहयोग गरेका छन्।
सांसद गुरुङले आज आयोजित एक कार्यक्रममा महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरे।
महासंघमा आवद्ध पत्रकार बिरामी परेमा कल्याण कोषवाट आउने ब्याजले उपचारमा सहयोग गरिँदै आएको छ । कल्याण कोषमा हालसम्म योसमेत रु १० लाख ५० हजार पुगेको महासंघ सचिव रामप्रसाद तिमिल्सिनाले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।