बामाको, माली- मालीमा राष्ट्रपतीय निर्वाचनको तयारी हुँदै गर्दा राष्ट्रपति इब्राहिम बोउबाकर केइटाले पुरानो मन्त्रीमण्डलका ३६ सदस्यसहित नयाँ सरकारको घोषणा गरेका छन्। मन्त्रीमण्डलले ६ जना नयाँ छन्।
इश्लामिक जिहादी समूहको तर्फबाट खतरा महसुस गरेका केइटाले प्रधानमन्त्रीमा आफू निकट व्यक्तिलाई ल्याएका हुन्। नयाँ प्रधानमन्त्रीमा सुमेलोउ बाउबेय माइगालाई चयन गरिएको छ। उनले रक्षामन्त्री रहेको समय सन् २०१४ मा मालीको सेनाले जिहादी विद्रोहीसँग नराम्रो पराजय बेहोरेपछि पदबाट राजीनामा दिएका थिए।
आइतबार घोषणा भएको मन्त्रीमण्डलमा व्यापक हेरफेर भएको बताइएको छ।
मालीका प्रधानमन्त्रीबाट सुमेलोउ बाउबेय माइगाले गत शुक्रबार अनपेक्षित रूपमा राजीनामा दिएका थिए। केही महिनापछि राष्ट्रपतिको निर्वाचन हुने तयारी भइरहेका समय प्रधानमन्त्री माइगाले कुनै कारण नखुलाई राजीनामा दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।