काठमाडौं– पशुपति क्षेत्र विकास कोषले भक्तजनबाट पशुपतिनाथमा विसं २०७० साउनदेखि गत साउनसम्म भक्तजनले चढाएको २ सय ६८ बोरा लत्ताकपडा केन्द्रीय दैवीप्रकोप उद्धार कोषलाई प्रदान गरेको छ।
कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीतेन्द्रनारायण देवमार्फत कोषका सदस्यसचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापाद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आज सो सामग्री प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।