• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ १६, २०८३ Sat, May 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जलेश्वर कारागारको दुरवस्था : कारागार कि यातनागृह

64x64
नेपाल लाइभ शनिबार, असार १४, २०७६  १४:१५
1140x725

जनकपुर- धारामा घन्टौं लाम। बस्ने ठाउँको अभाव। खानासमेत उभिएर खानुपर्ने। पालो कुरेर शौचालय छिर्नुपर्ने।

महोत्तरीको जलेश्वर कारागारको दृश्य हो यो।

गर्मीको यस्तो उकुसमुकुसमा पनि कोचिएर बस्न बाध्य छन् कैदीबन्दीहरु। बढ्दो कैदी संख्याले जलेश्वर कारागार यतिबेला भरिभराउ छ। क्षमता विस्तार र सेवासुविधा नथपिने तर कैदी मात्र बढ्दा कारागारमा मानवीय समस्या देखिन थालेको छ। 

पानी, स्थान र शौचालय जस्ता आधारभूत आवश्यकताका लागि कैदी बन्दीबीच दिनहुँ तनाव, झडप, विवाद र नाराबाजी हुने गरेको छ। 

जेलर चिरिञ्जीवी थापाका अनुसार कारागारमा देखापरेका यी समस्याको मूल कारण क्षमताभन्दा तेब्बर कैदीको संख्या नै हो। १६० वर्ष पुरानो राणाकालीन जलेश्वर कारागारको कैदी क्षमता १ सय ३५ मात्र हो। तर यहाँ ४४ महिला र ४ सय ९ पुरुष र ३ आश्रित बालबालिकासहित ४ सय ५३ जना कैदी छन्।

'यो संख्या क्षमताको झन्डै चार दोब्बरले बढी हो। बढ्दो कैदी संख्याले मानवीय समस्या मात्र बढाएको छैन,' जेलर थापाले भने, 'यसले व्यवस्थापन र प्रशासनिक जटिलता थपेको छ।’

चौकीदार श्रीनारायण साहले कैदी संख्या अत्यधिक भएपछि स्थान अभावमा एक कैदीलाई सुत्न १४–१५ इन्चजति पनि ठाउँ नपुग्ने गरेको अवस्था रहेको बताए।

nimb
nimb
Ncell 2
Ncell 2

केही समयअघि सरुवा भएका जेलर थापाको बुझाइमा मुख्यतः दुई कारणले जलेश्वर कारागारमा समस्या बढी देखिएको हो । धनुषा जिल्लामा कारागार नहुनु र सर्लाही जिल्लाका कैदीसमेत यहीँ थपिनु।

मानव अधिकार रक्षक सञ्जाल महोत्तरीका सचिव रञ्जन भण्डारीले लोकतन्त्र बहाली भएको यति वर्षपछि पनि मुलुकका ठूल्ठूला नेता बसेको जलेश्वर कारागार सुविधा र मानवीय दृष्टिले अहिले पनि राणाकालकै अवस्थामा हुनु दु:खदायी र आपत्तिजनक रहेको बताए।

यस कारागारमा रहेका ९० प्रतिशत कैदीबन्दी धनुषाका हुन्। सर्लाहीको मलंगवाबाट समेत यहीँ पठाउँदा अवस्था जटिल बन्दै गएको जेलर थापाले बताए। दुई जिल्लालाई थेग्न गरी कारागार यहाँ रहनु तथा सर्लाहीमा पनि निर्माणाधीन रहनुले कैदीबन्दी बढ्दै गएको हो।

यसरी महोत्तरी र धनुषाका लागि जलेश्वरमा रहेको एकमात्र जिल्ला कारागार दिनप्रतिदिन यातनागृहमा परिवर्तन हुँदै गएको छ। सरोकारवाला निकायहरुले जिल्ला कारागारको अहिलेको भवनलाई नयाँ नबनाएसम्म सुधारगृहमा परिवर्तन गर्न गाह्रो हुने जनाएका छन्।

निकै पुरानो र जीर्ण भवन, क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी तथा कैदीबन्दीको संख्या अनुसार शौचालय, धाराको अभाव हुनुले यातनागृह बनेको अधिकारकर्मी तथा पत्रकार राकेश चौधरीले बताए।

कैदीबन्दीलाई पालैपालो सुत्नुपर्ने अवस्था छ। शौचालय जान पनि दुई घन्टाभन्दा बढी पखर्नुपर्ने बाध्यता रहेको छ। 

'कारागारलाई जतिसुकै सुधारगृहको रुपमा लग्ने कोसिस गरे पनि आधारभूत आवश्यकता नै पूरा नभएपछि कसरी सुधारगृह बनाउन सकिन्छ?' नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डलले प्रश्न गर्दै भन्छन्, 'जीर्ण कारागार र क्षमताभन्दा बढी कैदीबन्दीका कारणले कैदीबन्दीहरुलाई ज्यादै नै कष्ट भोग्नुपरिरहेको छ।’

करिब २ बिघामा रहेको कारागारमा कैदीबन्दीहरुलाई अन्य कारागारमा स्थानान्तरण गरिए पनि समस्या तस्ताको तस्तै छ। केही महिनाअगाडि मात्रै माथिल्लो तल्लाका भवन चर्किएपछि र ठाउँ अभाव भएपछि ६ जना कैदीबन्दीलाई झुम्का कारागार सारिएको थियो । कारागारलाई सुधारगृह बनाउन कम्तीमा पनि ५/६ बिघा जग्गामा भवन निर्माणसहित अन्य पूर्वाधारहरु निर्माण गरिनुपर्ने आवश्यकता देखिएको छ।

रोगी बन्दै कैदीहरु
'कि करु हजुर..! जान आब पहाड भगेल (के गरौं हजुर, आफ्नो ज्यान नै पहाड भयो)’, कारागारमा कैदी जीवन बिताइरहेका ८० वर्षीय मटर साफीले गर्मीको कारण आकुलव्याकुल हुँदै भने। बूढो उमेरमा जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद भुक्तान गरिरहेका साफी अत्यधिक गर्मी बढ्दै गएसँगै उचित खानपिन नहुँदा श्वासप्रश्वासको समस्याले पीडित छन्।

कारागारका कर्तव्य ज्यान मुद्दाका अर्का कैदी ७० वर्षीय रामदेव मुखियाको स्वास्थ्य अवस्था दिनानुदिन नाजुक हुँदैछ। साफी र मुखियामात्र नभएर गर्मी बढेसँगै कारागारमा कैदी बिरामी हुने क्रम ह्वात्तै बढेको छ। कारागारमा दम, रुघाखोकी, ज्वरो, निमोनियाँ र लुतो लगायतका रोगका बिरामी ह्वात्तै बढेको कारागार प्रशासनले जनाएको छ।

पछिल्लो पटक गर्मी बढेसँगै श्वासप्रश्वास, निमोनिया र चर्मरोगका बिरामीहरूको उपचार राम्रो नहुँदा आफूहरूलाई बिरामी बनाउन नै कारागार ल्याइएको लाग्न थालेको नाम बताउन नचाहने पुरुषकक्षका अर्का एक कैदीले टिप्पणी गरे।

कारागारमा थेग्न नसक्ने कैदी न्यायिक निकायले पठाइदिने गरेपछि उनीहरूको बसाइ व्यवस्थापन मिलाउन गाह्रो भएसँगै बिरामी हुने क्रम बढेको कारागार प्रशासनले स्वीकार गरेको छ। अहिले दिनहुँ नियमित उपचार लिनेको संख्या १२५ को हाराहारीमा रहेको बताइएको छ।

शौचालय जान घन्टौं कुर्नुपर्छ
कारागारमा ठाउँको अभावसँगै, सीमित शौचालय र धारामात्र हुँदा दिसापिसाब गर्न, नुहाउन र लुगा धुन घन्टौं पालो कुर्नुपर्ने तथा सुत्नबस्न नै ठाउँ नपाउँदा निकै गाह्रो भइरहेको कैदीको गुनासो छ।

महिलाकक्षका ४४ कैदीका लागि एक वटा धारा र शौचालय मात्र छ। त्यसैगरी पुरुषकक्षका ४०९ जनालाई चार–चार धारा र शौचालयमात्र हुँदा दिसापिसाबका लागि घन्टौं कुर्नुपर्ने समस्याले नै बिरामी बढ्ने पुरुषकक्षका एक पाका कैदीले गुनासो गरे। नियमित सरसफाइ गर्न नपाएर नापेर दिएको चार हात जमिनमा खाँदिएर बस्नु र सुत्नु पर्दा धेरैलाई लुतो भएको पुरुषकक्षका एक कैदीले बताए।

'के गर्नु हजुर, नुहाउन नपाको कति दिन भइसक्यो,’ पुरुषकक्षका ६० वर्ष उमेरका एक कैदीले आफ्नो लुंगी उचालेर घाउरखटिरा देखाउँदै भने, 'आफैले किनेको साबुन लाएर नुहाउन पाउने दिन पनि हाम्रा लागि त तीर्थ नै हुने भो।’

कारागारको यो अवस्था अन्त्य गर्न क्षमताभन्दा बढीका कैदी अन्यत्र लान र कारागारमा भौतिक व्यवस्थापन जुटाउन स्थानीय प्रशासन र कारागार व्यवस्था विभागमा कैयौंपटक आग्रह गरिए पनि सुनुवाइ नभएको कारागार प्रशासनले जनाएको छ।

खासगरी न्यायिक निकायबाट न्याय सम्पादनमा हुने गरेको ढिलाइले पुर्पक्ष थुनुवाको संख्या निकै बढेको र धनुषा जिल्लाका न्यायिक र अर्धन्यायिक निकायले पठाउने कैदीको संख्या निकै बढेकाले कारागारको आन्तरिक व्यवस्थापन पनि अस्तव्यस्त हुने गरेको हो। कारागारमा अहिले रहेका ४५ कैदीमध्ये ६० प्रतिशत पुर्पक्ष थुनुवा रहेको जेलर थापाले बताए।

संवत् १९१३ मा तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाले निर्माण गराएको यो कारागार त्यसयता उचित मर्मतसम्भार हुन नसक्दा दिनहुँ पर्खाल र छत उप्केर झरिरहेको छ। पुरानो भवनको पर्खालका इँटा झर्ने र छतका सिमेन्टको टुक्रा दिनहुँ उप्केर झर्ने क्रम जारी छ। 

आफू कानुनी परिबन्दले थुनिनुपरेको गुनासो गर्ने गरेका एक थुनुवाले विरक्तिँदै भने, 'अरु त अरु, यहीँ किचिएर, थिचिएर मरिने पो हो कि भन्ने डरले रातदिन सताउँछ।’

प्रकाशित मिति: शनिबार, असार १४, २०७६  १४:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल चिकित्सकहरूको सम्मेलन सुरु
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
नेपाल चिकित्सकहरूको सम्मेलन सुरु शनिबार, जेठ १६, २०८३
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग शनिबार, जेठ १६, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
यी हुन् बाढी र पहिरोले अवरुद्ध देशका मुख्य राजमार्गहरू शनिबार, जेठ १६, २०८३
आज कुन सहरको मौसम कस्तो ? शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
बजेटबारे एमालेले भन्यो : सरकार सामाजिक सुरक्षाको क्षेत्रबाट पछि हट्न खोज्यो शुक्रबार, जेठ १५, २०८३
यस्तो छ आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट (पूर्णपाठसहित) शुक्रबार, जेठ १५, २०८३
मठमन्दिरमा आगो लगाउँछु भन्ने जनक परियार पक्राउ शुक्रबार, जेठ १५, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्