• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

संसार स्तब्ध पार्ने तस्बिर खिच्ने पत्रकार भन्छिन्– यो दृश्यले झकझक्याएन भने समाज गलत बाटोमा छ

64x64
नेपाल लाइभ शनिबार, असार १४, २०७६  १३:००
1140x725

काठमाडौं- अमेरिका पस्न चाहने आप्रवासी शरणार्थी बाबुछोरीको शवको तस्बिर गएको आइतबारदेखि भाइरल छ। सो तस्बिर जुलिया ले डुसले खिचेकी हुन्। मेक्सिकोको माटामोरोसबाट प्रकाशित हुने ’ला जोर्नाडा’ पत्रिकाका लागि खिचेको तस्बिरले अहिले संसार स्तब्ध पारेको छ। 

रियो ग्रान्डे नदी किनारमा मृत अवस्थामा फेला परेका ती बाबुछोरीको तस्बिर खिच्ने पत्रकार जुलियाले अर्को पत्रिका ‘द गार्जियन’सँग यसरी फोटो अनुभव सुनाइन्। त्यसैको भावानुवादः

OOO 

पत्रकार जुलिया ले डुस

कुरा गत आइतबारको  हो। रियो ग्रान्डे नदी किनारतिर एक जना चिन्तित र भौंतारिकी महिला भेटिइन्। ती महिलाबारे माटामोरोसमा हल्लाखल्ला मच्चियो। त्यसबारे मैले पनि सुनेँ। त्यसपछि के रहेछ भनी बुझ्न नदीतिर लागेँ। म त्यहाँ पुग्दा ती महिला रोइकराइ गर्दै थिइन्।

पहिला त मैले केही बुझ्नै सकिनँ। पछि बुझ्दै जाँदा ती महिलाकी छोरीलाई नदीले बगाएको रहेछ। थाहा भयो, ती महिलाको नाम भेनिसा अभालोस रहेछ। अभालोसले त्यहाँ उपस्थित सरकारी अधिकृतलाई आफ्नो परिवारका विषयमा बताइरहेकी थिइन्।

भन्दै थिइन्, ‘उनीहरु दुई महिनादेखि मेक्सिकोमा बसिरहेका थिए र अमेरिकामा शरण लिन चाहन्थे।’ 

 

श्रीमान् र छोरीलाई रियो ग्रान्डे नदीले बगाएपछि प्रहरीलाई जानकारी गराउँदै भेनिसा

उनीहरु दक्षिण मेक्सिकोको तापाचुलामा बस्थे। मेक्सिकोमा बस्नका लागि उनीहरुले भिसाको प्रक्रिया पनि अघि बढाएका थिए। मानवीय भिसा प्राप्त भएको खण्डमा मेक्सिकोमा एक वर्षसम्म बस्न सकिन्छ। काम पनि गर्न पाइन्छ। तर उनीहरुलाई मेक्सिको बस्नु नै थिएन, यो तरिका उनीहरुले अमेरिका पस्नका लागि अवलम्बन गरिरहेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb
छोरा मार्टिनिज र नातिनीको तस्बिर हेरेर भक्कानिँदै मार्टिनिजकी आमा

उनीहरु जसरी भए पनि ‘अमेरिका–सपना’ पूरा गर्न चाहन्थे। यही सपनाले उनीहरुलाई त्यो बिहान बस चढाएर अमेरिकाको सीमासम्म ल्याइपुर्‍याइएको थियो। बाबुआमा र छोरीसहित तीन जनाको परिवार बिहानै ‘बोर्डर एरिया’मा पुगेर त्यहाँको प्रहरीलाई भने, ‘हामी असाइलम दर्ता गर्न चाहन्छौं।’ मेक्सिको–अमेरिका जोड्ने सीमास्थित अन्तराष्ट्रिय पुलमा गएर प्रहरी कार्यालय छ।

उनीहरुको भनाइ सुनिसकेपछि प्रहरीले आइतबार भएकाले कार्यालय बन्द रहेको जानकारी दियो। त्यहाँ असाइलम दर्ता गर्न चाहने दर्जनौं मान्छेहरुको भिड देखिन्छ।

अघिपछि पनि यस्तो घुँइचो देखिन्छ। यहाँ केही महिनाअघिसम्म कम्तीमा १८ सय मान्छे अमेरिकामा शरणका लागि आवेदन दिएर अन्तर्वार्ताको पालो कुर्दै बसेको दृश्य देखिन्थ्यो। आजकल भने ३ सयको हाराहारीमा होलान्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रहरीले हप्तामा तीन जनाभन्दा धेरैको अन्तर्वार्ता लिँदैन। त्यसैले आवेदकहरुले हप्तौंमात्र होइन, महिनौं पनि कुर्नुपर्ने हुन सक्छ। सम्भावित कुराइको कारण पनि दम्पती निराश थियो। यो दम्पती छोरी बोकेर पुलबाट फर्किइरहेका थिए। मार्टिनिज रोकिए, पुलबाट नदीतिर हेरे र भेनिसालाई नदीतिर देखाउँदै भने, ‘हामी उ: त्यहाँनेरबाट नदी तर्न सक्छौं।’ 

त्यसपछि भएछ के भने, बाबु मार्टिनिज छोरी बोकेर नदीमा हेलिएछन्। छोरीलाई सफलतापूर्वक नदी तारेर पारिपट्टि अमेरिकाको भूमिमा पुर्‍याएछन्। उनी छोरीलाई पारि छाडेर श्रीमती भेनिसालाई लिन नदीवारि आएछन्।

मार्टिनिज र भेनिसा छोरीका भ्यालेरियाका साथमा

यो परिवारको दुर्भाग्य नै त्यसपछि सुरु भयो। जब बाबु मार्टिनिज आफ्नी श्रीमतीलाई लिन पारि अमेरिकातिरबाट नदीमा हेलिए, ठिक त्यतिबेलै सानी छोरी पनि बाबुलाई पछ्याउँदै नदीमा हेलिइछन्। पहिला त बाबु मार्टिनिजले मेलो पाएनन्। जब उनले यसको भेउ पाए, त्यतिबेलासम्म छोरी नदीको धारमा आइसकेकी थिइन्।

मार्टिनिज छोरीलाई नदीमा छिरेको देख्नासाथ बाँकटे हान्दै त्यतैतिर हान्निए। रियो ग्रान्डे नदीको तीव्र धारका अगाडि मार्टिनिजको केही सिप लागेन। नदीले बाउछोरी दुवैलाई बगायो। श्रीमती भेनिसा रुँदै चिच्याउँदै नदी किनारमा दौडिरहिन्। आफ्ना श्रीमान् र सानी छोरी डुब्दै गरेको हृदयविदायक दृश्य उनले हेरिरहनुपर्‍यो।

नदी छेउछाउ रहेका मानिसहरुले यसबारे थाहा पाएपछि उद्धारका लागि प्रहरीलाई खबर गरे। प्रहरीले मध्यरातसम्म खोजी जारी राख्यो। तर बाबुछोरी दुवै भेटिएनन्। भोलिपल्ट सबेरै फेरि खोजी सुरु भयो।

बिहानको सवा १० बजेतिर उद्धारकर्ताहरुले दुई वटा शव भेटे। घटनास्थल कभर गर्नुअघि मैले यी तस्बिरहरु खिचेकी थिएँ। नदीमा डुबेर मरेकाहरुको अरु शव पनि देखेकी छु। रियो ग्रान्डे साँच्चैको खतरनाक नदी हो। तपाईंलाई यो नदी शान्तपूर्वक बगिरहेको भन्ने लाग्ला, होइन। यो एकदम धारिलो नदी हो।

मैले खिचेको तस्बिर एउटा तस्बिर मात्र होइन। अमेरिका पस्न चाहनेहरुको बाध्यात्मक कथा पनि यसमा छ। यो दृश्यले झकझक्याएन भने हाम्रो समाज गलत दिशामा छ भन्ने बुझौं।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

 

प्रकाशित मिति: शनिबार, असार १४, २०७६  १३:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ किराँत समुदायले दशैंको टीका बहिष्कार गर्ने अभियान चलाए पनि पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवास नेम्वाङले दशैंमा टीका लगाउन कहि... बिहीबार, कात्तिक ५, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्