काठमाडौं- संसारमा सबैभन्दा बढी लेखिने र पुकारिने शब्द सायद 'आमा' हो। जसलाई जति नै वर्णन गरे पनि शब्दहरु कम हुन्छन्। तिनै आमाप्रति समर्पित भई गायक मनिष लिम्बूको स्वरमा 'मेरी आमा' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गरिबीमा गुज्रिएको आमा-छोराको कारुणिक कथालाई सुजन तिगेला लिम्बूले शब्दमा उतारेका हुन्। सुजनकै कम्पोज रहेको गीतलाई चन्दु गोर्खालीले एरेन्ज गरेका हुन्।
पशुपति राई र मनिष लिम्बूले अभिनय गरेको भिडियोलाई भूपेन्द्र तुम्बाहाङ्फेले खिचेका हुन्।
म्युजिक भिडियोका निर्देशक किरण चाम्लिङ राई रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।