एजेन्सी– यतिबेला सलमान खानको नयाँ फिल्म दबंग ३ को छायांकन चलिरहेको छ। सलमान र सोनाक्षी सिन्हाको मुख्य भूमिका रहेको यो फिल्म सन् २०१९ को अन्त्यसम्म रिलिज हुने छ।
दबंग सिरिजमा फिल्म अभिनेता विनोद खन्नाले सलमानका पिता प्रजापति पाण्डेको भूमिका निभाएका थिए। २७ अप्रिल २०१७ मा विनोद खन्नाको निधन भएको थियो।
विनोद खन्नाको निधन भएपछि सबैतर्फबाट एउटा प्रश्न उठ्ने गरेको थियो– अब सलमानको पिताको भूमिका कसले निर्वाह गर्छ? अन्ततोगत्वा सलमानले यसको जवाफ भेटेका छन्।
हालै सलमान खानले एक भिडियो ट्विट गर्दै नयाँ विनोद खन्नाको परिचय गराएका छन्। यो भिडियोमा सोनाक्षी र दबंग ३ का निर्देशक प्रभुदेवा समेत देखिएका छन्। विनोद खन्नाको भू्मिकामा देखिन लागेका प्रमोद खन्नाको सलमानले परिचय गराएका थिए। उनको अनुहार र जिउडाल विनोद खन्नासँग मिल्दोजुल्दो देखिन्छ।
दबंग र दबंग २ बक्स अफिसमा निकै सफल भएको थियो। फेरि एक पटक सलमानका समर्थक चुलबुल पाण्डेको पर्खाइमा छन्। दबंग सिरिजमा सलमानले निभाएको चुलबुल पाण्डेको भूमिका निकै चर्चित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।