बाँके– म्यानमारमा रोहिंग्या मुसलमानमाथि भएको हिंसाको विरोधमा बाँकेमा प्रदर्शन भएको छ। को नेपालगञ्जमा ठूलो संख्यामा मानिसहरुले विरोध प्रदर्शन गरेका छान्।
स्थानीय जामा मस्जिद र इस्लामी संघ भेरी जोनको नेतृत्वमा भएको विरोध प्रदर्शन बिपी चौकदेखि सुरु भई जिल्ला प्रशासन कार्यालयमा पुगी सम्पन्न भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै इस्लामी संघका प्रमुख मौलाना उबेदुर रहमान खानले रोहिंग्या मुसलमानमाथि भइरहेको अत्याचारलाई रोक्न सबैले दबाब दिनु जरुरी रहेको बताए।
प्रदर्शनमा पूर्व श्रममन्त्री मोहम्मद इस्तियाक राईले नेपाल सरकारले समेत यो घटनालाई चासोका साथ लिएर म्यानमार सरकारलाई दबाब दिन जरुरी रहेको बताएका थिए।
यस्तै, मुस्लिम अगुवा मेराज अहमद हिमालले भने, ‘म्यानमारका मुस्लिमहरुमाथि भएको अत्याचारको विरोध गर्दै नेपाली मुस्लिम समुदाय उक्त हिंसा रोक्न र भागेर शरणार्थीका रुपमा विभिन्न देशमा बसेका रोहिंग्यालाई म्यानमार फर्काउन माग गर्दछ।’
आइतबार भएको विरोध प्रदर्शनमा बाँकेका मुस्लिम समुदायसँगै हिन्दू समुदायको पनि उपस्थिति रहेको जामा मस्जिद नेपालगन्जले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।