काठमाडौं– गायिका आस्था राउतले सफलताको स्वाद निरन्तर महशुस गरिरहेकी छिन्। सानै उमेरमा गायनमा लोकप्रियता हासिल गरेकी उनी हालसालै करियरको अर्को तहमा उक्लिएकी छिन्।
'द भ्वाइस अफ नेपाल'को दोस्रो सिजनकी कोच बनेर उनी सफलताको अर्को सिँढी चढेकी हुन्। यो उचाइको उत्साह कति छ भनेर चाहिँ उनको फेसबुक वाल चेक गर्दा हुन्छ।
उनले मंगलबार बिहान फेसबुकमा लेखिन्– 'सपनामा पनि बजर दबा'को मात्रै देख्छु त... साह्रै डुबिएछ जस्तो छ काममा।'
उनलाई गायिका अभया सुब्बाको ठाउँमा लिइएको हो। उनी वरिष्ठ गायक दीप श्रेष्ठ, चर्चित गायकहरु प्रमोद खरेल र राजु लामासँगै कोच बनेकी छिन्।
कार्यक्रमको साउनको पहिलो हप्ताबाट दोस्रो सिजन सुरु हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।