काठमाडौं– सरकारले कालिमाटी फलफूल तथा तरकारी बजार कालिमाटीबाट हटाउने घोषणा गरेको छ।
_x000D__x000D_
कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी कालिमाटी फलफूल तथा तरकारी बजार कालिमाटीबाट हटाउने घोषणा गरेका हुन्।
_x000D__x000D_
उनले अदालतको आदेशका कारण कालीमाटी फलफूल तथा तरकारी बजार सुधार कार्यक्रम अघि बढाउन नसकिएको स्पष्ट पार्दै अब बजारलाई हाल रहेकाे स्थानबाट हटाउने योजना अघि सारेका हुन्। मन्त्री खनालले सो तरकारी बजारको विकल्प दिने गरी बल्खु वरपर जग्गाको व्यवस्था गर्न लागिएको पनि जानकारी दिए।
_x000D__x000D_
मन्त्री खनालले हेटौंडामा रहेको कपडा उद्योगलाई सञ्चालन गर्न बर्दियामा कपास खेती र बुटवलमा धागो उद्योग सञ्चालन गर्ने योजना अगाडि सारे। उनले वीरगन्जमा जीर्ण अवस्थामा रहेको कृषि औजार कारखानाको उचित व्यवस्थापनका लागि अध्ययन गर्न समिति गठन गर्ने पनि स्पष्ट पारे।
_x000D__x000D_
मन्त्री खनालले परीक्षण गरेर मात्रै मासुु खरिद गर्न पनि सर्वसाधारणलाई आह्वान गरेका छन्। उनले दसैं, तिहार जस्ता चाडपर्वमा परीक्षण गरेर मात्रै मासु खरिद गर्न सर्वसाधारणलाई आह्वान गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।