• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ १९, २०८२ Mon, Jun 2, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
पाको उमेरका व्यक्तिहरु (ज्येष्ठ नागरिक) को स्वास्थ्य जाँच गर्ने दक्ष चिकित्सक छैनन्: डा अनन्त अर्याल  [अन्तर्वार्ता]
64x64
नेपाल लाइभ शनिबार, चैत १७, २०८०  १०:४४
1140x725

काठमाडौं– नेपालमा ज्येष्ठ नागरिक (पाको उमेर) को जनसंख्या बढेको छ। औषत आयु बढेको कारणले ज्येष्ठ नागरिकको संख्या पनि बढेको हो। बालबालिकाहरुको जस्तै ज्येष्ठ नागरिकको स्वास्थ्य पनि संवेदनशील हुन्छ। यो उमेर समूहको खानपान जीवनशैली फरक हुने भएकाले हेरचाह र स्वास्थ्योपचार फरक भएको हो। तर ज्येष्ठ नागरिकको हेरचाह र स्वास्थ्योपचारमा हाम्रो समाजमा प्रशस्त भ्रम र लापरवाही छन्। जसले ज्येष्ठ नागरिकहरुलाई सधैँ जोखिममा धकेलीरहेको हुन्छ। ज्येष्ठ नागरिकमा कुनै शारीरिक वा मानसिक समस्या आए सबैभन्दा पहिला बुढ्यौलीले गर्दा हो भनेर वास्ता गर्दैनौँ। जटिल लक्षण र अवस्था आएपछि मात्रै अस्पताल दौडन्छौं। 

यो नै सबैभन्दा ठूलो भ्रम र लापरवाही हो। काठमाडौं मेडिकल कलेज सिनामंगलका ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा अनन्त अर्यालले धेरैजसो ज्येष्ठ नागरिक रोगले च्यापेर धेरै जोखिम अवस्थामा पुगेपछि मात्रै अस्पताल वा चिकित्सकको सम्पर्कमा आउने गरेको बताए। मानिसलाई लाग्ने कतिपय रोग ४० वा ५० वर्ष कटेपछि मात्र देखिन्छन्। तर त्यसलाई बुढ्यौलीको संकेत भनेर टार्नु नहुने उनको सुझाव छ। रोगको उपचार गराउने भन्दा बुढ्यौली लाग्यो भनेर टार्नुले नै समस्या जटिल बन्ने डा अर्यालले बताए। 

नेपालीहरुको जीवनशैली बदलिए पनि खानपान बदल्न नसकेको कारणले स्वास्थ्यमा सधैँ समस्या आइरहेको विभिन्न अध्ययनले देखाएको छ। ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच न्युन शुल्कमा नियमित रुपमा गर्न सकिन्छ। तर हामी समस्या बल्झाएर हजारौँ खर्च गर्न तयार हुन्छौँ। हामीले नियमित चेकजाँच गर्ने हो भने ज्येष्ठ नागरिकमा देखिने विभिन्न रोगहरु उल्लेख्य घटाउन सकिन्छ। प्रश्तुत छः ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा अनन्त अर्यालसँग न्युज एजेन्सी नेपालले गरेको कुराकानीको सम्पादित अंश।

नेपालमा पाका उमेरका व्यक्तिहरुको जनस्वास्थ्यको अवस्था कस्तो पाउनुभएको छ?
अहिलेको तथ्यांकअनुसार नेपालमा जेष्ठ नागरिकको जनसंख्या बढ्दो छ। अहिले १०.२ प्रतिशत ज्येष्ठ नागरिकहरु हुनुहुन्छ। ३० लाख जति ज्येष्ठ नागरिकहरु हुनुहुन्छ। उहाँहरुको स्वास्थ्य अवस्थाको कुरा गर्दा मैले नेपालमा के पाएको छु भन्दा यदि बच्चालाई सानो समस्या भयो भनेपनि अस्पताल दौडिइहाल्ने। तर ज्येष्ठ नागरिकमा कुनै किसिमको शारीरिक, मानसिक होस्, जस्तो समस्या आएपनि सकभर यो चाहीँ बुढ्यौलीले गर्दाखेरी हो। उमेरले गर्दाखेरी हो। यो सामान्य नै हो भनेर बसिराख्ने। रोग जटिल भएपछि मात्रै अस्पतालमा आउने परिपाटी मैले देखेको छु। जसले गर्दा कतिपटक ज्येष्ठ नागरिकहरु उपचार गराउन आउँदाखेरी रोग धेरै बढेर आइसकेको अवस्थामा आइपुग्नु हुन्छ। अहिलेको अवस्थामा आउँदा प्रेसर, सुगरजस्ता रोगहरु पनि एकदमै बढिराखेको छ। शहरका व्यक्तिलाई मात्रै नभइकन प्रेसर, सुगरका समस्या चाहीँ गाउँघरका ज्येष्ठ नागरिकहरुमा पनि उत्तिकै मात्रामा देखिएको छ। हाम्रो अस्पतालकै कुरा गर्नुहुन्छ भनेपनि शहर बाहिरका व्यक्तिहरु पनि धेरै नसर्ने रोगहरु लिएर आइराख्नुभएको छ।

हाम्रो जीवनशैली असन्तुलित, जोखिमपूर्ण छ भनिन्छ, युवा अवस्थामा हामीले जुन हिसाबले काम गर्छौं, जुनखालको जीवनशैली अपनाउँछौँ, ज्येष्ठ अवस्थामा त्यसको असरले गरिरहेको हो कि के कारणले त्यस्तो भइरहेको छ?
केही रोग छन्, जुन ६०/६५ वर्षपछि मात्रै लाग्छन्। तर केही रोगहरु ३०/४० कै उमेरदेखि सुरु हुन्छ र ति रोगहरु ज्येष्ठ नागरिकमा थुप्रिँदै जान्छन्। मधुमेह र उच्च रक्तचाप भनेको ६० वर्षभन्दा माथि मात्रै देखिने रोग होइन। यो भनेको ४० तिरैबाटशसुरु हुन्छ। अहिले त ३० तिरैबाट मधुमेह र उच्चरक्तचापका समस्या देखिन थालेको छ। यो हाम्रो जीवनशैलीले गर्दाखेरी नै हो। हाम्रो देश कृषिप्रधान देश हो। हाम्रो जीवनशैली पहिले खेतिपाति गर्ने थियो। अहिले हामी खेतिपाति गर्न छोड्यौँ। अहिले धेरैजना शहर केन्द्रित भयौँ। खेतिपाति छोड्दै जाने, सहरकेन्द्रीत हुने र एकदमै व्यस्त जीवनशैली हुने, तनाव व्यवस्थापन गर्न पनि गाह्रो हुने, त्यसमाथि खाना पनि परिवर्तन भएन। हामी जुनबेला खेतिपाति गथ्र्यौं, त्यही बेलाको खाना अझै हामी खाइरहेका छौँ। हामी ब्यालेन्स डाइट खान्छौँ। जस्तैः भात, दाल, तरकारी, अचार यो सबै हुँदाखेरी हामीले ब्यालेन्स डाइट त पाउँछौँ तर हाम्रो अहिलेको खानामा कार्बोहाइडेडको मात्रा, भात हामी धेरै खान्छौँ। हो, खेतिपाति गर्दाखेरी हामीलाई भात धेरै चाहिन्थ्यो। तर अहिले हाम्रो त्यस्तो परिश्रम छैन। त्यो अवस्थामा हामीलाई भात त्यति नै मात्रामा चाहिँदैन। खानामा कार्बोहाइडेडको मात्रा बढी हुनु, जंक फुडहरु धेरै खाने, त्यसले गर्दा मधुमेह, उच्चरक्तचाप, थाइराइडका समस्याहरु देखिराखिएका छन्। अहिले स्वास्थ्यको लागि राम्रो छ भनेर फलफूल, तरकारीहरु खान्छौँ। ति तरकारीहरु कति धेरै विषादी हालेर, किटनाशक औषधि हालेर उत्पादन भइराखेको छ हामीलाई थाहा छैन। त्यसले पनि हाम्रो रोगहरुलाई बढाइराखेको छ। उमेर बढ्दै जाँदा ३०÷४० मा भएका रोगहरुपनि ६० वर्ष माथि हुँदा थपिँदै जाने। र ६० वर्षमाथिमा देखिने रोगहरु पनि थपिँदै जाँदाखेरी अहिलेको अवस्थाको ज्येष्ठ नागरिकलाई अझ गाह्रो भइरहेको छ। हाम्रो औषत आयु त बढ्यो। त्यो सँगसँगै रोगहरु पनि बढ्दै गइरहेको छ।

अन्य देशको नागरिकको तुलनामा हाम्रो जीवनशैली असन्तुलित र जोखिमपूर्ण हो, मान्न सक्छौँ?
हामीले अझै पनि हाम्रो खानामा ध्यान दिएका छैनौँ। हाम्रो परिश्रम परिवर्तन भयो। हाम्रो जीवनशैली परिवर्तन भयो। काम गर्ने तरिका परिवर्तन भयो त्यो हिसावले खानपनि त परिवर्तन गर्नुपथ्र्यो नि त। कार्बोहाइटडेडलाई कम गरेर प्रोटिन, फलफूल, तरकारीलाई ज्यादा जोड दिनुपथ्र्यो। भात र रोटीलाई कम गरेर दाल, तरकारी, फलफूलहरुलाई बढाउनुपर्ने थियो। अझैपनि बढेको छैन। हामी अझैपनि भात धेरै नै खान्छौँ। जसले गर्दा मधुमेहको समस्या देखिइराखेका छन्। अर्को कुरा, सबैलाई तनाव बढाइराखेको छ। कोही पनि मानिसलाई एउटा मात्रै ठाउँमा काम गरेर नपुग्ने अवस्था छ। दुई, तीन ठाउँमा दौडिनुपर्दा त्यसले तनाव पनि बढाइराखेको छ। र प्रदुषण पनि त्यही अनुसारले बढिराखेको छ। प्रदुषणले पनि विभिन्न किसिमका रोगहरु निम्त्याउँछ। समग्रमा भन्नुपर्दा धेरै व्यस्त हुने र आफूलाई समय दिन नसक्दा, व्यायामको लागि, योग, प्रणायम, ध्यानको लागि समय दिन नसक्दा त्यसले पनि रोगहरुलाई बढाइराखेको छ।

अहिलेको अवस्थामा नेपालका ज्येष्ठ नागरिकमा देखिएका खास–खास समस्याहरु चाहीँ के–के हुन्?
उच्च रक्तचाप, मधुमेह, थाइराइडका समस्याहरु, जुन नसर्ने रोगहरु छन्। यि रोगहरु ४०/५० बाट शुरु भएर ६०/७० सम्म यि थपिँदै गइरहेका छन्। दमको समस्याहरु देखिँदै गइरहेको छ। त्यस्तै ज्येष्ठ नागरिकमा देखिने समस्या, अल्जाइमर्स रोग, विस्मृतिका रोग बढ्दैछ। डिमेन्सियाका समस्याहरु पनि देखिन्छ। पार्किन्सन्स रोगहरु। त्यस्तै आँखा देख्ने, कान सुन्न पनि कम हुनु। आँखामा मोतिबिन्दुहरु देखिने, कानको सुन्ने शक्ति पनि कम हुँदै जानु, उमेर बढ्दै जाँदाखेरी हड्डीहरु खिइने, घुँडाको समस्याहरु देखिन्छ। कम्मरको हड्डीहरु भाँच्चिने समस्याहरु पनि देखिन्छ। त्यसकारण थला पर्ने र समयमा त्यसको उपचार भएन भने विभिन्न समस्याहरु देखिन्छ। ज्येष्ठ नागरिक पुरुषहरुमा प्रोस्टेडको समस्याहरु पनि देखिन्छ। महिलाहरुमा आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सरका समस्याहरु र उमेर बढ्दै जाँदा विभिन्न क्यान्सरको जोखिम पनि बढ्छ। पेटको क्यान्सर, फोक्सोको क्यान्सर, कलेजको समस्याहरु पनि देखिन्छ। हर्टअट्याक हुने सम्भावना र अर्को मस्तिष्कघातको समस्याहरु पनि बढ्दै गएको देखेका छौँ ज्येष्ठ नागरिकहरुमा।

प्रौढ नागरिकमा आउने यस्ता समस्याहरुमा हाम्रो उपचार पद्धति कस्तो छ?
ज्येष्ठ नागरिकमा पहिल्यै देखिराखेको समस्याहरुको उपचार उहाँहरुले पाइराख्नुभएको हुन्छ। उच्च रक्तचाप, मधुमेह, दम, थाइराइडका लागि उहाँहरुले उपचार पाइराख्नुभएको हुन्छ। तर ६० वर्षभन्दा माथि देखिने रोगहरु, जस्तैः बिर्सिने समस्याहरु, पार्किन्सन्स रोगका समस्याहरु अथवा विभिन्न क्यान्सरहरुमा के भइराखेको छ भने उपचारमा ढिलाइ भइराखेको छ। उमेरले गर्दा बिर्सिएको भनेर त्यसलाई बेवास्ता भइराखेको छ। लामो समयदेखि खोकी लागिरहेको छ, बुढ्यौलीले गरेर खोकी लागिराखेको छ भनेर वेवास्ता भइराखेको छ। लामो समयदेखिको खोकी दम पनि हुनसक्छ। लामो समयदेखिको खोकी क्यान्सर पनि हुनसक्छ। लामो समयदेखि खोकी लाग्नु कतै फोक्सोको क्यान्सरको लक्षण पनि त हुनसक्छ। त्यो बढेर मान्छेले खाना खान छोड्ने, दुब्लाउँदै जाने र एकदमै अन्तिम अवस्थामा पुगेपछि मात्रै अस्पतालमा आएको हुन्छ। क्यान्सर अन्तिम चरणमा छ भने धेरै गर्न सक्ने त हुँदैन। तर समयमै अस्पताल आउनुभएको भए क्यान्सर पहिल्यै पत्ता लाग्थ्यो होला। म के भन्छु भने ज्येष्ठ नागरिकमा कुनैपनि किसिमको शारीरिक समस्या होस्। अथवा मानसिक समस्या होस्। कुनैपनि परिवर्तन देखियो भने चाँडै डाक्टरको परामर्शमा गयौँ भने हामीले धेरै रोगहरुको उपचार गर्नसक्छौँ।

ज्येष्ठ नागरिकको उपचारको खर्च कत्तिको सुलभ छ?
केएमसी (काठमाडौं मेडिकल कलेज) को कुरा गर्नुहुन्छ भने यहाँ त यस्तो सजिलो छ, पचास रुपैयाँको नयाँ टिकटले र २५ रुपैयाँको फलोअप टिकले यहाँ विशेषज्ञलाई भेट्न सक्नुहुन्छ। मधुमेहकै कुरा गर्नुहुन्छ भने कतिजना बिरामी आइसियुमा भर्ना गर्नुपर्ने अवस्थामा आउनुहुन्छ। डेढ सय रुपैयाँ छ भने तपाईले सुगरको उपचार गर्न सक्नुहुन्छ। विशेषज्ञ डाक्टरसँग परामर्श लिएर के औषधि खाने, कसरी खाने तपाईले मलाई भेट्न सक्नुहुन्छ। डेढ सय रुपैयाँको लोभ गरेर सुगरको उपचार नै नगरेर कतिजना बिरामीहरु एकैचोटी आइसियुमा आइपुग्नु हुन्छ। यहाँ आउनुहुन्छ भने सुलभ तरिकाले उपचार हुन्छ। दमको समस्या छ भनेपनि तपाईहरु आएर उपचार गर्न सक्नुहुन्छ। थाइराइड, उच्च रक्तचाप, बिर्सिने रोगको समस्याको उपचार पनि यहाँ हुन्छ। अल्जाइमर्सको पनि यहाँ उपचार हुन्छ। डिमन्सिया लाग्न बित्तिकै उपचार सम्भव छैन भन्ने भ्रममा हुनुहुन्छ भने त्यो गलत हो। हामी यहाँ कसरी पनि उपचार गर्छौं भन्दाखेरी एउटै जेष्ठ नागरिकमा धेरैथरी रोगहरु पनि हुनसक्छ। हामी कम भन्दा कम औषधिले कसरी हुन्छ उपचारमा जान्छौँ। तपाई केएमसीमा आउनुभयो भने यहाँ एउटा ज्येष्ठ नागरिकलाई चाहिने सम्पूर्ण फ्याकल्टीहरु हाम्रोमा हुनुहुन्छ। मुटु रोग, कलेजो रोग, पेट सम्बन्धी रोग, नसा सम्बन्धी रोग, हाडजोर्नीको विशेषज्ञपनि हुनुहुन्छ। एउटा ज्येष्ठ नागरिक केएमसिभित्र छिर्नुभयो भने उहाँलाई यहाँ पूर्ण उपचार गर्नसक्छौँ।

प्रौढ अवस्थामा आउने समस्याहरुको घरेलु उपचार विधिहरु पनि केही हुन सक्छन्?
ज्येष्ठ नागरिकहरु विभिन्न अवस्थामा हुन सक्नुहुन्छ। नेपालमा कानूनले ६० वर्षभन्दा माथिको नागरिकलाई ज्येष्ठ नागरिक भनेर पहिचान गराउँदछ। ६० वर्ष हुनासाथ सबै समस्या हुन्छन् भन्ने होइन। कोही ८० वर्षको भएपनि कुनैपनि औषधि नखाएको पनि हुन सक्नुहुन्छ। भनिन्छ नि रोग लाग्नुभन्दा रोग लाग्न नदिनु नै बुद्धिमता हो। घरमा सन्तुलित आहार गरियो भने विभिन्न रोगबाट बच्नसक्छौँ। ज्येष्ठ नागरिकले भात, रोटी, अन्नलाई ज्यादा केन्द्रित गर्नुभन्दा पनि प्रोटिन, तरकारी, फलफूललाई ज्यादा जोड दिदाँखेरी राम्रो हुन्छ। अर्को भनेको, धेरै जना नेपालीहरुमा भिटामिन डि को कमी देख्छौँ। ज्येष्ठ नागरिकमा पनि त्यो देख्छौँ। दैनिक एकघण्टा घाम ताप्यौँ भने भिटामिन डि हाम्रो शरीरलाई पर्याप्त मात्रामा पुग्छ। त्यसो गर्दा भिटामिन डि, क्याल्सियमको कमी, हड्डी खिइने समस्याहरुबाट हामी जोगिन सक्छौँ। नियमित व्यायाम गर्‍यौं भने पनि मधुमेह, उच्च रक्तचापबाट बच्नसक्छौँ। 

दैनिक ३० मिनेट बिहान र ३० मिनेट बेलुका छुट्याएर हिँड्नुभयो भने पनि उच्च रक्तचाप, मधुमेह, हड्डीहरु कमजोर हुनेदेखि लिएर विभिन्न रोगहरुबाट बच्न सक्नुहुन्छ। त्यसकारण दैनिक हिँडडुल गरौँ। सक्नुहुन्छ भने नाचगान पनि गर्न सक्नुहुन्छ। नाँच्नु पनि शरीरको लागि एकदमै राम्रो हो। समूहमा भजन, किर्तनमा गएर नाच्नुभयो भने उहाँको शारीरिकलाई मात्रै होइन मानसिक अवस्थालाई पनि राम्रो बनाउनलाई मद्दत गर्छ। धेरै जना ज्येष्ठ नागरिक पुरुषहरु पिसावको समस्याले निन्द्रा गडबढ् भएर, निन्द्रा गडबढ भएपछि त्यसले मधुमेह, उच्च रक्तचाप बढाएर पनि आउनुहुन्छ। त्यसकारण म उहाँहरुलाई के भन्न चाहन्छु भने पुरुषहरुमा उमेर बढ्दै गएपछि प्रोस्टेड ग्रन्थी बढेर त्यसले पिसावको समस्या लिएर आउँछ। राती धेरैचोटी पिसाव गइराख्नु पर्ने त्यसको कारणले पनि हुनसक्छ। त्यसकारण यदि प्रोस्टेडको समस्या छ भने औषधि खाएर पनि नियन्त्रणमा राख्न सकिन्छ। राति धेरैचोटी पिसावमा जानु परेन भने उच्च रक्तचाप र मधुमेह पनि कन्ट्रोल हुन्छ। जसलाई राति धेरैपटक पिसाव जाने समस्या छ, के कारणले हो त्यसको उपचार गराउनुपर्‍यो।

दोस्रो घरेलु तरिका बिहान र दिउँसो मज्जाले पानी पिउने, साँझ पर्दै गइसकेपछि पानीको मात्रालाई एकदमै कम गर्ने। जुन औषधी बिहान, दिउँसो खान मिल्छ, त्यसलाई बिहान, दिउँसो नै खाने। रातिलाई नराख्ने। औषधि खाँदा पनि थोरै पानीले खाइयो भने राती धेरैचोटी पिसावको लागि उठ्नु परेन। धेरै जनाको बानी राति पिसाव फेर्न उठिसकेपछि फेरि पानी खाएर सुत्ने। त्यो बानीलाई हटाउनुपर्‍यो। जसलाई राति धेरैचोटी पिसाव लाग्छ, उहाँहरुले साँझ परेपछि पेय पदार्थहरु चिया, कफी अथवा दुधको मात्रा घटाउने। निन्द्रा राम्रोसँग परेन भने त्यसले विभिन्न समस्याहरु निम्त्याउँछ। त्यही भएर ज्येष्ठ नागरिक ६ देखि ८ घण्टा गहिरो निद्रा हुन जरुरी छ। सन्तुलित खाना खानुहोला। घुँडाको समस्या छ भने उकालो–ओरालो धेरै नगर्नु होला। तर सम्मोमा हिँड्न सक्नुहुन्छ। जुन अवस्था छ त्यो अवस्थाको शारीरिक परिश्रम गरिराख्यो भने विभिन्न समस्याहरु हल हुन्छन्। कब्जियतको समस्या हुनेले सागपात र पानीको मात्रालाई बढाउनु होला। 

ओछ्यानमा परेका ज्येष्ठ नागरिकहरुलाई एकदमै ख्याल गर्नुपर्ने हुन्छ हामीले। दुई, दुई घण्टामा उहाँहरुको पोजिशन चेन्ज गरिराख्ने। ओछ्यान पर्नेलाई प्रोटिनको मात्रा बढी चाहिन्छ। युवा अवस्थामा हामीलाई एक ग्राम प्रतिकेजी प्रोटिन चाहिन्छ भने ओछ्यान परेको ज्येष्ठ नागरिकलाई डेढ ग्राम प्रतिकेजीसम्मको प्रोटिन चाहिन्छ। उहाँहरुलाई भात भन्दापनि प्रोटिनका चिजहरु अण्डा, मासु, गेडागुडी, ब्रोकाउली, गेडागुडीहरुलाई खान सकिन्छ। त्यसलाई जोड गर्नुहोला। ओछ्यान परेका ज्येष्ठ नागरिकलाई सुताइसुताइ केही पनि खान दिनुहुँदैन। सुतेको बेला पानी सर्किन्छ। सर्किएर हुने निमोनिया एकदमै कडा हुन्छ। त्यही सर्काइले नै मृत्युको कारणसम्म हुनसक्छ। तेल लगाइदिने, मसाज गरिदिने गरियो भनेपनि घाउ हुने सम्भावना कम हुन्छ र दोस्रो भनेको रगत जम्ने सम्भावना पनि कम हुन्छ। उहाँहरुलाई फिजियोथेरापी गरियो भनेपनि एकदमै राम्रो हुन्छ।

ज्येष्ठ नागरिकहरुलाई कस्तो अवस्था आउँदा अस्पताल आइहाल्ने?
ज्येष्ठ नागरिकमा कुनैपनि किसिमको शारीरिक र मानसिक समस्याहरु आएमा। हामी धेरै शरीरमा मात्रै समस्या भयो भने आउँछौ। तर ज्येष्ठ नागरिकमा मानसिक समस्या पनि उत्तिकै बढ्दो हुन्छ। एन्जाइटि, डिप्रेशनको समस्या पनि ज्येष्ठ नागरिकमा हामीले धेरै देखिराखेका हुन्छौँ। त्यही भएर ज्येष्ठ नागरिकमा कुनैपनि समस्या आयो। हप्ता, दशदिनमा ठिक भएन भने तुरुन्त अस्पताल आइहाल्नुस्। ज्येष्ठ नागरिकमा संक्रमण नै भयो भने पनि सधैँ ज्वरो आउँछ भन्ने जरुरी छैन। किनभने रोग प्रतिरोधात्मक क्षमतामा पनि ह्रास आइसकेको हुनाले सबै संक्रमणमा ज्वरो आउँछ भन्ने जरुरी छैन। ज्येष्ठ नागरिकको अवस्थामा अलिकति पनि परिवर्तन आयो भने यो कतै कुनै रोगको लक्षण त होइन भनेर समयमै उपचार गर्न आइयो भने त्यो रोग जटिल हुनबाट बचाउन सक्छौँ। जटिलतातिर गएन, शुरुवाती अवस्थामै भयो भने जुनसुकै रोगपनि उपचार गर्नसक्छौँ। समयमै उपचार गरियो भने खर्च पनि धेरै लाग्दैन। जटिल भइसकेपछि खर्च पनि बढ्छ। र त्यो रोग निको हुन पनि गाह्रो हुन्छ।

अन्तिममा आम नागरिकहरुलाई यहाँको केही सुझाव छन् कि?
खुशीको कुरा नेपालमा पनि ज्येष्ठ नागरिक रोगको विशेषज्ञ डाक्टरहरुको संख्याहरु बढ्दैछ। अहिले हामी चार जना छौँ नेपालमा। अरु डाक्टरहरु पनि आउँदै हुनुहुन्छ। त्यही भएर हजुरहरुकै विशेषज्ञ डाक्टरसावहरु नेपालमा हुनुहुन्छ भने उहाँहरुसँग सेवा लिनुहोस्। हजुरहरुको सेवाको लागि हामी तयार छौँ। तपाईहरुले हामीसँग आएर सेवा, परामर्श लिन सक्नुहुन्छ। हजुरहरुले जीवनशैलीलाई राम्रो बनाउनुहोस्। आफूले सकेको जति परिश्रम गरिराख्नुस्। तपाई जति सक्रिय हुनुहुन्छ, उहाँहरुलाई रोग लाग्ने सम्भावना त्यति कम हुन्छ। र लागेकै रोग पनि नियन्त्रणमा बस्छ। म बुढो भएँ। अब म केही गर्न सक्दिनँ। भनेर रिटायरमेण्टमा जानुभयो भने रोग लाग्ने समस्या पनि बढ्दै जान्छ। उमेर भनेको त केवल एउटा अंकमात्रै हो। तपाई आफूलाई जति जवान सम्झनुहुन्छ र जति सक्रिय भइराख्नु हुन्न नि, तपाई त्यति नै निरोगी हुनुहुन्छ। त्यति लामो आयु हुन्छ। त्यही भएर उमेर बढ्यो भन्दैमा, बुढ्यौली लाग्यो भन्दैमा अब मेरो दिन गए भन्ने चाहीँ नसोच्नु होला। हामीले जीवनशैलीलाई सक्रिय बनाइराख्यौँ, स्वस्थ जीवनशैली बनाइराख्यौँ भने बुढ्यौलीलाई स्वस्थ र खुशीयालीपूर्ण तरिकाले व्यतित गर्नसक्छौँ। न्यूज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १०:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ज्ञानेन्द्र शाहीले भने- ‘प्रधानमन्त्रीज्यू, तपाईं भ्रष्टाचारीको झोले नै हो’
स्कटल्यान्डविरुद्ध भुर्तेलको अर्धशतक
भिजिट भिसा प्रकरणमा छानबिन गर्न गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने रास्वपाको निर्णय
सम्बन्धित सामग्री
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन केही दिनअघि यही परियोजना अन्तर्गत भएको साझेदारहरूको बैठक र सरोकारवालासँगको  छलफलमा उनीसँग रोमीका न्यौपानेले गरेको कुराकानी:  आइतबार, फागुन ११, २०८१
ताजा समाचारसबै
ज्ञानेन्द्र शाहीले भने- ‘प्रधानमन्त्रीज्यू, तपाईं भ्रष्टाचारीको झोले नै हो’ सोमबार, जेठ १९, २०८२
स्कटल्यान्डविरुद्ध भुर्तेलको अर्धशतक सोमबार, जेठ १९, २०८२
भिजिट भिसा प्रकरणमा छानबिन गर्न गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने रास्वपाको निर्णय सोमबार, जेठ १९, २०८२
स्कटल्यान्डले दियो नेपाललाई २९७ रनको विशाल लक्ष्य सोमबार, जेठ १९, २०८२
राजावादीको दीप प्रज्वलनमा वाइसिएलको नाराबाजी, प्रहरीले गर्‍यो हस्तक्षेप सोमबार, जेठ १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
अर्थ समितिको बैठक
अर्थ समितिको बैठक सोमबार, जेठ १९, २०८२
रातो मच्छिन्द्रनाथको भोटो जात्रा
रातो मच्छिन्द्रनाथको भोटो जात्रा आइतबार, जेठ १८, २०८२
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो)
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो) आइतबार, जेठ १८, २०८२
राजावादीको प्रदर्शन सुरु (भिडियो)
राजावादीको प्रदर्शन सुरु (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो)
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
राजावादीको दीप प्रज्वलनमा वाइसिएलको नाराबाजी, प्रहरीले गर्‍यो हस्तक्षेप सोमबार, जेठ १९, २०८२
कमल थापा पक्राउ परेपछि राजेन्द्र लिङ्देनले भने- भोलिदेखि ५० ठाउँबाट निस्किन्छौं आइतबार, जेठ १८, २०८२
कमल थापा र दीपक सिंहसहित ७ जना रिहा आइतबार, जेठ १८, २०८२
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ आइतबार, जेठ १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
यसै साता मनसुन नेपाल भित्रिने मंगलबार, जेठ १३, २०८२
आजको राजावादी प्रदर्शन सकियो, ३ जना नियन्त्रणमा बिहीबार, जेठ १५, २०८२
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो बिहीबार, जेठ १५, २०८२
ओलीलाई आयोगको चेतावनी : उत्तेजनापूर्ण अभिव्यक्ति नदिनु सोमबार, जेठ १२, २०८२
उपमेयरको नेतृत्वमा बालेनलाई कार्यपालिका सदस्यको पत्र,तत्काल कार्यपालिका बैठक बोलाउन माग सोमबार, जेठ १२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्