काठमाडौँ- सुनको मूल्य शुक्रबार पनि बढेको छ। बिहीबार प्रतितोला २ सय रुपैयाँले घटेको छापावाल सुनको मूल्य शुक्रबार १ हजार ४ सय रुपैयाँले बढेर ३७ हजार २ सय रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार एक सय ५० रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने पनि बढेको छ। बिहीबार प्रतितोला १६ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १६ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।