काठमाडौँ- एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ। शुक्रबार भएको सेमिफाइनलमा पराजित भएका दुवै टिमले तेस्रो स्थानका लागि शनिबार प्रतिस्पर्धा गर्ने भएका हुन्।
तेस्रो स्थानका लागि नेपालको प्रतिस्पर्धी बनेको हङकङलाई सेमिफाइनलमा ओमानले र नेपाललाई यूएईले पराजित गरेको थियो।
शुक्रबार साँझ आयोजक ओमानले हङकङलाई दोस्रो सेमिफाइनलमा पाँच विकेटले पराजित गर्यो।
आज सेमिफाइनलमा पराजित भएसँगै नेपाल एसिया कप २०२५ का लागि भने छनोट हुन असफल भएको छ।
आइतबार ओमान र यूएई बीचको विजेता टिम एसिया कपका लागि छनोट हुनेछ। शनिबार तेस्रो स्थान हात पार्न सके नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा स्थान पक्का गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।