काठमाडौं– प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालको राजीनामा माग गर्दै सत्तारुढ दलको विद्यार्थी संगठनले गृहमन्त्री रामबहादुर थापा (बादल) समक्ष ज्ञापनपत्र बुझाएका छन्।
_x000D__x000D_
विद्यार्थी संगठन अनेरास्वियु र अनेरास्ववियु (क्रान्तिकारी) ले आइजिपीले आफ्नो पद अनुसारको काम गर्न नसकेको भन्दै राजीनामा मागसहित ज्ञापनपत्र बुझाएका हुन्।
_x000D__x000D_
बलात्कार, एसिड आक्रमण लगायतका घटना दैनिक बढिरहँदा पनि प्रहरी प्रशासनले काम गर्न नसकेको भन्दै आइजिपीको चर्को आलोचना भएपछि बाध्य भएर राजीनामा माग गरिएको अनेरास्वियुले जनाएको छ । प्रहरीको नेतृत्वनै कमजोर भएकाले दैनिक अपराधका घटना बढेको अनेरास्वियुले आरोप लगाएको छ।
_x000D__x000D_
निर्मला हत्या अनुसन्धानमा बम दिदीबहिनी, प्रमाण मेट्ने प्रहरीमाथि अनुसन्धान केन्द्रित गर्न, छानबिन समितिको निष्कर्ष सार्वजनिक गर्न पनि विज्ञप्तिमा माग गरिएको छ।
_x000D__x000D_
उनीहरुले यातायातको साधनमा बढाइएको भाडा फिर्त गर्न र महँगी, कालोबजारी नियन्त्रण गर्न पनि भनेका छन्।
_x000D__x000D_

_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।