काठमाडौं– स्पेनिस महारथी क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लियोनल मेसीले मंगलबार राति करिअरको ४८औं ह्याट्रिक गरेका छन्।
_x000D__x000D_
मेसीले युरोपियन च्याम्पियन्स लिग अन्तर्गत डच क्लब पिएसभीविरुद्ध खेलको ३१, ७७ र ८७ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्। खेलमा बार्सिलोना ४–० ले विजयी भएको थियो।
_x000D__x000D_
योसँगै मेसी च्याम्पियन्स लिगमा सर्वाधिक बढी ह्याट्रिक गर्ने खेलाडी बनेका छन्। उनको यो च्याम्पियन्स लिगमा आठौं ह्याट्रिक हो। यसअघि युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो र मेसीको नाममा युरोपियन च्याम्पियन्स लिगमा समान ७–७ ह्याट्रिक गर्ने रेकर्ड थियो।
_x000D__x000D_
मेसीले ला लिगामा ३०, च्याम्पियन्स लिगमा ८, कोपा डेल रेमा ४ र देशका लागि ६ ह्याट्रिक गरी कुल ४८ ह्याट्रिक गरेका छन्।
_x000D__x000D_
समग्र ह्याट्रिकमा भने रोनाल्डो अघि छन्। रोनाल्डोले करिअरमा ५१ ह्याट्रिक गरेका छन्। उनले देशका लागि ६, च्याम्पियन्स लिग, कोपा डेल रे, ला लिगा र क्लब विश्वकप गरि रियल म्याड्रिडका लागि ४४ र म्यानचेस्टर युनाइटेडका लागि १ ह्याट्रिक गरेका छन्।
_x000D__x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।