• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

यसकारण मुलुकी संहिताले पत्रकारिताको प्राण हर्छ

64x64
नेपाल लाइभ सोमबार, भदौ १८, २०७५  ०२:४५
1140x725

कानुनको आधारभुत मनसाय जे छ, त्यसको म समर्थक हुँ। लोकतन्त्र अर्थात् प्रजातन्त्रमा व्यक्तिको मर्यादा संरक्षण न्यूनतम आवश्यक तत्व हाे। मर्यादित वा इज्जतदार व्यक्ति बिना लोकतन्त्र सुदृढ हुन सक्तैन। अरु यावत् अधिकारहरु जति राखिएपनि हरेक व्यक्तिको मर्यादा तथा इज्जतको सम्मान भएन भने त्यो लोकतन्त्रले हामीलाई कँही पनि पुग्न दिँदैन। त्यसैले व्यक्तिको मर्यादा संरक्षण लाेकतन्त्रको जग हो। यसलाई कोही र कसैले पनि हल्लाउन मिल्दैन। व्यक्तिको मर्यादाको संरक्षणको गर्ने मुद्दा आधारभुत हाे।

पछिल्ला दिनमा ‘दोहाबाट आयो लौ यस्तो समाचार’जस्ता विषयलाई आफ्नो अनलाइनमा र ब्लगमा राखी विभिन्न समाजिक सञ्जालको माध्यमबाट धेरैको सातो उडाउने काम गरेका छौं हामीले। यहाँनेर ‘हामी’ भन्नुको अर्थ सामान्य मान्छेका दृष्टिमा पत्रकार र ब्लगर छुट्टिदैन। हामीले भनौंला रे– पत्रकारले होइन, त्यस्तो समाचार बनाउने त ब्लगर हुन्। ब्लगिङ पत्रकारिता होइन भन्ने तर्कले तपाईं हामीबीचको बहसमा त बचाउला तर जवाफदेहिताबाट भाग्न भने दिँदैन। 

दोस्रो कुरा व्यक्तिका कतिपय नितान्त निजी कुरा (जुन सार्वजनिक महत्वको विषय होइन)लाई लिएर सार्वजनिक मुद्दाको विषय हो भनी दाबी गर्नेहरु पनि छन्। हामीले वर्षौंदेखि भोगेका छौं र देखेका छौं। केही वर्षअघि मैले एउटा रिसर्च गरेको थिएँ, १० वर्षमा प्रेस काउन्सिलमा कस्ता प्रकृतिका उजुरीहरु परे भनेर। खासगरी २०५४ देखि २०६४ साल सम्मका। कस्ता–कस्ता समाचारमा ऊजुरी छन् भनेर केलाएको थिएँ। एक पत्रिकाको पहिलोे पेजमा छापिएको समाचारको उजुरी थियो,  ‘राजा विदेश गएपछि को हुने राजा?’, ‘बाबुराम र प्रचण्डको हत्या उनकै सेनाले गर्ने’ यी र यस्ता धेरै हावादारी समाचाहरु थिए।  प्रेस काउन्सिलमा अझै पनि रेकर्ड छ। हेर्दा हुन्छ। मैले के भन्न खोजेको हो भने एउटा संगठित शक्तिका आडमा पत्रकारिताका मर्यादा र सीमा मिचिएका पनि छन्। यो विषयलाई हामीले आत्मसात् गर्नुपर्छ।

स्वतन्त्र प्रेसका नाममा कोही कसैले सीमा नाँघ्छ भने त्यसलाई नियन्त्रण गर्ने जिम्मा पनि हाम्रै हो। व्यक्तिको मर्यादाको प्रेसले पनि सम्मान गर्नुपर्ने हुन्छ। र त्यसकारणले आधारभूत हिसाबमा देशमा नयाँ कानुन आउनु कुनै आतङ्कपूर्ण कार्य होइन।

तर अहिले आएको कानून र संसदमा रहेको गोपनियता सम्बन्धी विधेयक परिमार्जन नगर्ने हो भने यसले पत्रकारिताको प्राण हर्छ। एकदमै सचेततापूर्वक म यो कुरा भनिरहेको छु कि आधारभुत रुपमा वैयक्तिक अधिकार संरक्षण गर्नु ठीक छ तर यसरी र यति मात्रै बुझ्नुहुँदैन। 

Ncell 2
Ncell 2

अहिलेको अवस्थामा सार्वजनिक सरोकार र व्यक्तिको गोपनियताको विषयलाई छुट्याउन सकिएन भने पत्रकारिता शब्दकै मृत्यु हुन्छ। यसो भन्नुको अर्थ के हो भने व्यक्तिको मर्यादाको विषयसंग प्रेस जगतको पनि विमति छैन। हुनु पनि हुुँदैन। तर यो अहिलेको मुलुकी स‌ंहिता जस्ताको त्यस्तै लागु हुने हो भने यसले सार्वजनिक महत्वका विषय र सार्वजनिक स्वीकृति भन्ने विषयलाई कुनै पनि हालतमा सम्बोधन गर्न सक्दैन। त्यसकारण परिमार्जनको त्यहाँ आवश्यक छ।

यसबाट हाम्रो प्रेसले सूचना संकलन गर्ने अहिलेसम्मको जुन प्रणाली छ, त्यो पूर्णरुपमा प्रभावित हुन्छ। कसरी प्रभावित हुन्छ भन्ने विषयमा म बाँड्न गर्न चाहान्छु। म हिमाल खबरपत्रिकाको पूर्व सम्पादक पनि हुँ। मलाई हिमालको सम्पादकले गत शुक्रबार फोन गर्नुभयो। उहाँले मलाई भन्नुभयो, ‘मुलुकी अपराध ऐनमा राखिएका कुराले प्रेसको दायरा खुम्च्यायो। यसलाई फराकिलो बनाउने अभ्यास सुरु नगर्ने हो भने  भोलि बन्धनै बन्धनमा बाँधिन्छौं। एउटाको तस्वीर अर्कोमा जोड्नु हुँदैन वा 'मोन्टेज' गर्नु हुँदैन भन्ने ऐनमा छ। यो विषयले प्रेसको दायरा खुम्च्याउँछ। हामीले यहाँनेर स्पेस खोज्नुपर्छ। साथ दिनुपर्‍यो। मैले ‘हुन्छ’ भने।’ र हिमालको यसपल्ट बजारमा आएको कभर स्टोरीको तस्वीर हेर्नुभयो भने त्यहाँ गृहमन्त्री रामबहादुर थापा बादलको तस्वीर राखेर हामीले कम्प्युटर मोन्टेज गरिएको छ। यसमा मुलुकी ऐनको उक्त दफा किन आकर्षित हुँदैन भने यो व्यक्तिको होइन, यो सार्वजनिक मुद्दा हो। बादल यदि घरमा बसिरहनुभएको थियो भने यसो गर्न पाइदैनथ्यो होला। तर, उहाँ त सार्वजनिक पदमा हुनुहुन्छ।

मैले जानेअनुसार कुनै कुराको सार्वजनिक महत्व छैन र सार्वजनिक स्वीकृतिको विषय होइन भने त्यसो गर्न पाइँदैन। तर, सार्वजनिक ओहोदामा भएको व्यक्ति वा विषयको हकमा भने हामीले पटक–पटक निगरानी गरिरहनुपर्ने हुन्छ। प्रश्न  गरिरहनुपर्छ। त्यसो गर्न किन जरुरी छ भने अरुबेला नागरिक स्पेश भन्छौं नि, त्यो खुम्चिदै जाने हुन्छ। 

पश्चिमा प्रजातन्त्रमा साह्रै बदनाम छ पापाराजी। तरपनि त्यसले सार्वजनिक ओहोदाका व्यक्तिको व्यक्तिगत जीवन हुन्छ कि हुँदैन भन्ने बहस सिर्जना गरेको छ। हामीकहाँ त बहस नै सुरु भएको छैन। हामी वर्तमान प्रधानमन्त्री केपी शर्मा अाेली र उहाँकी श्रीमती राधिका शाक्य कुनै रेस्टुरेन्टमा खान गइरहेका बेला कुनै पार्कमा टहलिरहेका बेला वा कुनै स्विमिङ पुलमा स्विमिङ गरिरहेका बेला प्रेसले दख्खल दिन हुन्छ कि हुँदैन भन्ने कुराको बहसमा हुनुपर्थ्याे। तर, हामी उनको निजी जीवन होइन, प्रधानमन्त्रीकै बारेमा केही लेख्दा कानुन पल्टाउनुपर्ने अवस्था छौं। 

यस्तो अवस्थामा ऐनको समर्थन गर्न सकिन्न। यो ऐनले सार्वजनिक स्वार्थको दायरा जति खुम्च्याउन खोज्यो, त्यति प्रजातन्त्रमाथि खतरा उत्पन्न हुन्छ। त्यसैले यो संशोधन हुनुपर्छ। गाली बेइज्जतीको दफामा ‘तर सार्वजनिक स्वार्थका विषयमा यो लागु हुनेछैन’ भन्ने आशयका प्रावधान छ। त्यो पनि पर्याप्त छैन। 

ऐनमा दफा वा उपदफा के राख्न मिल्छ, त्यो राखेर ‘सार्वजनिक पदाधिकारी र सरोकारका मुद्दाका हकमा यी व्यवस्था लागु हुनेछैनन्’ भन्ने उल्लेख गरिनुपर्छ। तबमात्रै यसले प्रेस स्वतन्त्रता र नागरिक स्पेश खुम्च्याउँदैन भन्नेमा ढुक्क हुन सकिन्छ।

(नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा खोज पत्रकारिता केन्द्रका सम्पादक गाउँलेले नेपाल पत्रकार महासंघ एशोसिएटको अन्तक्रिया कार्यक्रममा राखेको  धारणाको सम्पादित अंश)

प्रकाशित मिति: सोमबार, भदौ १८, २०७५  ०२:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इलाम पुगेर सुरु गरे बालेनले घरदैलो कार्यक्रम (तस्बिरहरू)
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेदरल्यान्ड्सविरुद्ध नेपालले बलिङ गर्दै
किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ?
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
इलाम पुगेर सुरु गरे बालेनले घरदैलो कार्यक्रम (तस्बिरहरू) बिहीबार, माघ ८, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेदरल्यान्ड्सविरुद्ध नेपालले बलिङ गर्दै बिहीबार, माघ ८, २०८२
किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ? बिहीबार, माघ ८, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै बिहीबार, माघ ८, २०८२
उम्मेदवारको नामावली आज प्रकाशन हुँदै बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्