काठमाडौं- अभिनेता गजित विष्ट कोरोना संक्रमणमुक्त भएका छन्। कोरोना संक्रमणमुक्त भएसँगै उनले आफू प्लाज्मा दान गर्न तयार रहेको बताएका छन्।
'कोभिड १९ को संक्रमण भएर प्लाज्मा थेरापी आवश्यक पर्ने बिरामीका लागि प्लाज्मा दिन म तयार छु। मेरो रक्त समूह ओ पोजिटिभ हो। आवश्यक पर्नेले सम्पर्क गर्नुहोला,' गजितले फेसबुकमा स्ट्याटस लेखेका छन्।
संक्रमणको हैरानी खेपेका उनले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन सुझाएका छन्। सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा मापदण्ड र संक्रमणबाट बच्न अबलम्बन गरिएका विश्वव्यापी तरिकाहरुको पालना गरेर महामारी परास्त पार्न उनले अपिल गरे।
उनले भनेका छन्, 'सुरक्षा उपाय अबलम्बन गर्दा गर्दै संक्रमण भयो भने सकारात्मक सोचबाट उर्जा प्राप्त गरौं । योग, व्यायाम र चिकित्सकले सिफारिस गरेका औषधिको प्रयोग गरौं । संक्रमण अवधिभर भौतिक दुरी सम्बन्धि मापदण्डलाई कडाइका साथ पालना गरौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।