काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) सार्वजनिक यातायात सञ्चालन अनुमति पाएको पाँच दिन बित्दा पनि अधिकांश व्यवसायीले गाडी सञ्चालन गर्न सकेन्न, गाडीमा तेल हाल्न घरबाट सात सय रुपैयाँ ल्याएको चालकको गुनासो । ( अधिकांश व्यवसायीले चलाएन्न सार्वजनिक यातायात )
२) नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार नाघ्यो, २४ घण्टामा थप ११६ जनामा कोरोना संक्रमण, १० हजार ३२८ जना उपचारपछि निको । ( कोरोना संक्रमितको संख्या १७ हजार नाघ्यो )
३) सरकारी निकायको असहमति हुँदाहुँदै बहुमतबाट डिडिए गर्न आफ्नै स्वार्थको कम्पनी छान्दै हयात रिजेन्सी, असार ३१ गते बोर्ड बैठक बोलाएर बहुमतबाट निर्णय गराउने तयारी । ( सरकारी निकायको असहमति विपरीत हयात )
४) अमेरिकी सर्वोच्च अदालतद्वारा मृत्युदण्ड सम्बन्धी संघीय कानुन लागू गर्न संघीय प्रशासनलाई अनुमति, हाल चार जनालाई संघीय कानुन बमोजिम मृत्युदण्ड दिइदैं । (मृत्युदण्डको कानुन १७ वर्षपछि ब्यूँताइयो )
५) र, स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडलाई च्याम्पियन हुन दुई अंक आवश्यक, ग्रानाडा २–१ गोलअन्तरले पराजित भएसँगै रियलको उपाधि जित्ने सम्भावना झनै बलियो । ( रियलको उपाधि जित्ने सम्भावना बलियो )