काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) कोरोना भाइरसका कारण नेपालमा मृत्यु हुनेको संख्या दुई पुग्यो, आज मात्रै थप ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ९२ पुग्यो । (मृत्यु हुनेको संख्या दुई पुग्यो)
२) जनताको पीडा बुझ्न सक्ने हृदय सरकारसँग नभएको कांग्रेस सभापति देउवाको आरोप, नीति तथा कार्यक्रम सबै पुनर्लेखन गर्न कांग्रेसको संशोधन प्रस्ताव दर्ता । (कांग्रेसको संशोधन प्रस्ताव दर्ता)
३) मुद्दा चलाउनु नपर्ने रायसहित सरकारी वकिलमा पेश भयो सांसद अपहरण अनुसन्धानको फाइल, सम्पूर्ण अनुसन्धानबाट अपहरण भएको प्रमाण फेला नपरेको प्रहरीको प्रतिवेदन । (सांसद अपहरण अनुसन्धानको फाइल पेश)
४) नीति तथा कार्यक्रमले बिर्सिएको खेलकुद, फागुनमा गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन कठीन, खेलाडी तथा खेल संघसमेत अन्योलमा । ( बिर्सिएको खेलकुद)
५) र, चीनले कोरोना भाइरस दोस्रो लहरको ’ठूलो चुनौती’ सामना गरिरहेको चिनियाँ वरिष्ठ श्वासप्रश्वास रोग विशेषज्ञको भनाइ, पछिल्लो साता कोरोना संक्रमणका नयाँ केसहरु देखिएको दाबी । (चीनमा कोरोनाको दोस्रो लहर सुरु)