काठमाडौं– सामान्यतया कलाकारहरु चर्चित, वरिष्ठ वा प्रतिभावान जस्ता उपमा दिँदा फुरुङ्ग हुन्छन्। तर, गायक बद्री पंगेनी भने वरिष्ठ गायक भन्दा चित्त दुखाउने रहेछन्। उनले शनिवार फेसबुक स्ट्याटस नै लेखेर वरिष्ठ नभनी र नलेखिदिन आग्रह गरे।
'बिहान एउटा कार्यक्रममा मैले गाएको गीत बजाउँदै कार्यक्रम प्रस्तोताले भन्नुभयो– अब सुनौं वरिष्ठ गायक बद्री पंगेनीको आवाजमा रहेको यो गीत,' उनले प्रसंग झिके, ' कहिलेकाही स्टेज कार्यक्रम हरुमा पनि वरिष्ठ गायक भनेर सम्बोधन गरेको पाउँछु आफैंलाई लज्जाबोध हुन्छ।'
आफ्ना अग्रजका अघि हुँदा त झन् शिर नहुने उनले बताएका छन्। उनले अनुरोध गरेका छन्, 'कार्यक्रम प्रस्तोता तथा पत्रकार साथीहरूमा मेरो अनुरोध छ मलाई वरिष्ठ गायक भनेर वरिष्ठ भन्ने सब्दको अपमान नगरिदिनुहोस्।'
आफू लोकसंगीतको सबैभन्दा अल्छी र साधारण क्षमता भएको विद्यार्थी रहेको बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।