काठमाडौं: गायक सचिन रौनियारको नयाँ गीत 'माया सरर' शुक्रबार सार्वजनिक गरिएको छ।
'ए मान्छे' बोलको गीतपछि गायक रौनियारले दर्शकमाझ पुनः अर्को गीत 'माया सरर' ल्याएका हुन्। गीतमा गायक रौनीयारलाई अर्का पुराना गायक जीतेन लेप्चाले साथ दिएका छन् भने शब्द र संगीत जितेन लेप्चाको नै रहेको छ।
नायिका आँचल शर्माको अभिनय रहेको 'माया सरर'को भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन्।
गीत रोमान्टिक भएका कारण यस गीतलाई पनि दर्शकले मन परादिनेमा आफू विश्वस्त रहेकाको गायक रौनियारको विश्वास छ।
भिडियोः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।