• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

एक वडाअध्यक्ष जसले दुई सय चेली वेश्यालय पुर्‍याए 

64x64
नेपाल लाइभ सोमबार, पुस १०, २०७४  १२:५६
1140x725

काठमाडौं– नुवाकोटको दुप्चेश्वर वडा नम्बर १ मा सुनबहादुर तामाङ नाम गरेका व्यक्ति चार जना छन्। त्यसमध्ये तीन जना गाउँमै खेती किसानी गर्छन्, उनीहरुको आर्थिक अवस्था निकै कमजोर छ। एक जना सुनबहादुरको रवाफ भने बेग्लै छ। गाउँमा कसैले उनको विरोधमा कुरा गर्नसमेत सक्दैनन्। उनका ‘गुन्डा’हरुले विरोध गर्नेहरुलाई गाउँमा बस्नै दिँदैनन्। 

उनी त्यति गाउँमा बस्दैनन्। देखिने कुनै व्यवसाय पनि केही छैन। तर, पनि बेजोड पैसा कमाइरहेका छन्। त्यही पैसाको आडमा सिंगो गाउँ नै उनको कब्जामा छ। विगत २५ वर्षदेखि गाउँमा सुनबहादुरको ‘शासन’ छ। 

तिनै सुनबहादुर यतिबेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को हिरासतमा छन्। उनको अपराध सुनेर अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरु अचम्मित भएका छन्। हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका उनले गाउँका २ सयभन्दा धेरै चेलीहरुलाई भारतका वेश्यालयमा लगेर बिक्री गरेको सिआइबीले जनाएको छ। सिआइबीका डिआइजी पुष्कर कार्की भन्छन्, ‘उनी धेरै पहिलादेखि नै चेलीबेटी बेचबिखनमा संलग्न हुँदै आएको अनुसन्धानमा खुलेको छ।’ गाउँका किशोरीहरुलाई भारतका कोठीमा पुर्‍याएर कमाएको पैसाले सिंगो गाउँलाई नै नियन्त्रणमा लिएको प्रहरीको अनुसन्धानमा खुलेको छ।

फरार अभियुक्त खोज्दा खुल्यो कर्तुत 
सिआइबीको पिलर नम्बर ५ ले अदालतबाट दोषी ठहर भई फरार भएका अपराधीहरुलाई पक्राउ गर्छ। ‘अपरेसन हन्ट’ नाम दिएर फरार अपराधी पक्राउ अभियान थालिएको सिआइबीले जनाएको छ ।

अपरेसन हन्ट अन्तर्गत मानव बेचबिखन मुद्दामा अदालतले ६ वर्ष कैद सजाय तोकेका फरार रहेका सुनबहादुर तामाङको खोजी गर्न सिआइबी टोली गत हप्ता दुप्चेश्वरको घयाङफेदी पुग्यो। ‘गाउँमा पुग्दा सुनबहादुरको घर सोध्दा गाउँमा कसैले थाहा छैन भने,’ सिआइबीका एक अधिकारी भन्छन्,‘सबै जना उनीदेखि डराउँदा रहेछन्।’ गाउँमा उनका केही ‘केटा’हरु छन्, जसले उनको विरुद्ध कसैलाई बोल्न दिँदैन थिए। यद्यपि सिआइबी उनलाई गाउँबाटै पक्राउ गर्न सफल भयो। 

उनी फरार अभियुक्त मात्र नभएको र अहिले पनि गाउँका किशोरीहरुलाई भारतमा पुर्‍याएर बिक्री गर्दै आएको सूचना पाएपछि प्रहरीले थप अनुसन्धान गर्‍यो। भारतका वेश्यालयमा बेचिएर फर्किएपछि गाउँ बस्न नसकेर काठमाडौं बस्दै आएका केही युवतीहरु सिआइबीको सम्पर्कमा पुगे। हालसम्म तीन जनाले सुनबहादुर विरुद्ध उजुरी दिइएको सिआइबीका डिएसपी कमल थापाले बताए।

अनुसन्धानको क्रममा उनी आफैंले भारतका दिल्ली,मुम्बई र पुनेमा कोठी सञ्चालन गर्दै आएको सिआइबीले जनाएको छ। राधा तामाङ नामक महिलासँग मिलेर उनले गाउँका किशोरीहरुलाई ती कोठीमा पुर्‍याएर बिक्री गर्दै आएका छन्। बम्बईमा उनकै आफन्तहरुले कोठी चलाउँदै आएका छन्।

२०७१ सालमा नुवाकोटमा उनीविरुद्ध अर्काे मानव बेचबिखन मुद्दा समेत दायर भएको थियो। सात वर्ष दिल्लीको कोठीमा बसेपछि भागेर एक युवतीले उनीविरुद्ध जोहरी दिएकी थिइन्। जुन मुद्दामा उनी अदालतमा उपस्थित भएर धरौटीमा छुटेका थिए। मानव बेचबिखनजस्तो मुद्दामा उनी धरौटीमै छुटेका थिए। प्रहरी, अदालत तथा नेता सबैतिर उनको पहुँच देखिएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरु बताउँछन्।

nimb
nimb

पीडितलाई गाउँमै बन्धक 
केही पीडितहरु गाउँमै फर्किएका पनि छन्। तर, उजुरी गर्न जान सक्ने भएकाले उनीहरुलाई सुनबहादुरका ‘केटा’हरुले गाउँबाट बाहिर जान दिँदैनन्। नुवाकोट प्रहरीमा तीन वर्षअघि उजुरी गरेकी एक युवतीलाई उनीहरुले त्यसपछि बकपत्र गर्न जानै दिएनन्। ती युवतीलाई सिआइबीले आइतबार उद्धार गरेर काठमाडौं ल्याएको छ। 

सिआइबीमा आइतबार भेटिएकी एक पीडितले कोठीबाट भागेपछि आफू गाउँ नै फर्कन नसकेको बताइन्। उनी सात महिना कोठीमा बसेपछि भागेर फर्किएकी थिइन्। ‘मैले त दिल्ली गएको भनेर अहिलेसम्म कसैलाई भन्न सकेको पनि छैन,’ उनले भने, ‘जागिर लगाइदिन्छु भनेर कोठीमा पुर्‍याएर बिक्री गर्‍यो, म जस्ता एक सयभन्दा धेरै त्यहाँ बेचिएका छन्।’ 

२५ वर्षदेखिको धन्दा 
सुनबहादुरले २५ वर्षदेखि गाउँका किशोरीहरुलाई दिल्लीका कोठीहरुमा लगेर बिक्री गर्दै आएको डिआइजी कार्की बताउँछन्। २०५१ सालमा झापाको काकँडभिट्टा हुँदै तीन युवतीलाई भारत लैजान लागिएको थियो। सीमा छेउमा पैसा साट्ने क्रममा प्रहरीले दुई युवती र एक दलाललाई पक्राउ गर्‍यो। त्यसबेला सुनबहादुर भाग्न सफल भएका थिए। उनीविरुद्ध पनि मुद्दा चलेकोमा अहिलेसम्म उनी फरार रहेरै धन्दा जारी राखेका थिए। 

युवतीलाई गाउँमा बस्नै मुस्किल 
दुप्चेश्वर पुगेर आएका सिआइबीका एक अधिकारीका अनुसार गाउँका धेरै युवती बेपत्ता छन्। ‘आमाको नजरमा उनीहरु हराएका छन्,’ ती अधिकारी भन्छन्,‘तर, हराएका होइनन्, उनीहरुलाई भारतमा पुर्‍याएर बेचिएको हो।’ कतिपय त बाउहरुको मिलेमतोमा समेत बेचिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

सुनबहादुरले जागिर लगाइदिएको भनेर तलबबापत भनेर वार्षिक रुपमा १०-१२ हजार रुपैयाँ ल्याएर दिने गरेका थिए। ‘गाउँमा ४० वर्षभन्दा कमका महिलाहरु थोरै मात्र छन्,’ हाल अनुसन्धानमा सिआइबीलाई सहयोग गरिरहेका एक स्थानीयले भने, ‘कोही युवती गाउँमा छन् भने उनीहरुलाई बोक्सीको आरोप लगाएर बस्नै दिइदैन।’ उक्त गाउँ चेलीबेटी बेचबिखनका कारण लामो समयदेखि बदनाम छ।

नाकामा समस्या हुने भएकाले तानेर बिहे गर्न लगाउने श्रीमानहरुले नै भारत पठाउने गरेका थिए। त्यसरी श्रीमतीलाई बिक्री गर्ने टीकाबहादुर तामाङ त हाल जेलमा छन्। 

परिवारकै धन्दा 
सुनबहादुर मात्र होइन उनका छोरा तथा केही आफन्तहरु समेत चेलीबेटी बेचबिखनमा संलग्न छन्। उनका छोरा गुनबहादुर गाउँकी चेली बिक्री गरेको मुद्दामा जेलमै छन्। सो घटनामा सुनबहादुर संलग्न भए पनि उनीविरुद्ध मुद्दा चलेन। उनका अन्य आफन्त भने भारतमा बसेर कोठी चलाउने गर्दछन्। ती कोठीहमा अहिले पनि दुप्चेश्वर एक सयभन्दा धेरै युवतीहरु रहेको प्रहरी आशंका गरिएको छ।

सन् २००९ मा मुम्बईको कोठीबाट २४ जना किशोरीको उद्धारमा संलग्न एक महिलाका अनुसार त्यति बेला नै उनीहरुले सुनबहादुरले बिक्री गरेको बताएका थिए। तर, उनका सहयोगीहरुले पीडितहरुलाई मुद्दा हाल्न दिएनन्। पैसाको आडमा उनले सिंगो गाउँलाई नै प्रभावमा राखेका थिए। पैसाकै बलमा हालै वडाअध्यक्षमा समेत निर्वाचित भएको स्थानीयहरु बताउँछन्। 

एक पीडितको बयान
२०६४ सालतिर हो जस्तो लाग्छ। १२ वर्ष हुँदा गाउँकै टीकाबहादुरसँग मेरो बिहे भएको छ। तानेर उसले बिहे गरेको हो। बिहे गरेपछि उसले काठमाडौं जाऔं भन्यो। काठमाडौं आएपछि जागिरका लागि भारत जाने भन्दै सुनबहादुर लगायत मान्छेले दिल्ली लिएर गए।

त्यहाँ जागिर होला भनेको त कोठीमा बेचिएको रहेछ। सात वर्षसम्म त्यहीँ बसे। एक दिन बाहिर निस्केको बेला एक जना नेपालीसँग भेट भयो। उहाँसँगै लागेर नेपाल आएँ। सुनबहादुरले म जस्ता गाउँका धेरै जनालाई नरकमा पुर्‍याएर बेचेको छ। 

प्रकाशित मिति: सोमबार, पुस १०, २०७४  १२:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘डिजास्टर म्यापिङ’ गरिने, जग्गाको क्षति विवरण संकलन गर्न नापी विभागलाई जिम्मेवारी
झापामा जापानिज इन्सेफ्लाइटिसबाट ६ जनाको मृत्यु, पाँच लाखलाई खोप लगाउने तयारी
भोटेकोशी बाढी : राहत र उद्धारमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन, ६९ पटक उडाइयो हेलिकप्टर
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘डिजास्टर म्यापिङ’ गरिने, जग्गाको क्षति विवरण संकलन गर्न नापी विभागलाई जिम्मेवारी बिहीबार, भदौ ११, २०८३
झापामा जापानिज इन्सेफ्लाइटिसबाट ६ जनाको मृत्यु, पाँच लाखलाई खोप लगाउने तयारी बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी : राहत र उद्धारमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन, ६९ पटक उडाइयो हेलिकप्टर बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
बाढी प्रभावित त्रिशूली, गजुरी र गल्छीका वल्र्डलिंक ग्राहकलाई राहत, इन्टरनेट नरोकिने बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्