काठमाडौं- २७ लाख ४५ हजार रुपैयाँ ठगी गरी फरार रहेका एक व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको छ।
ब्यूरोबाट खटिएको टोलीले वैदेशिक रोजगार न्यायाधिकरणको ०७२ को फैसलाबाट दुई वर्ष कैद र दुई लाख जरिवाना ठहर भएपछि फरार भएका लमजुङका हरिबहादुर पाण्डेलाई सोमबार बाँसबारीबाट पक्राउ गरेको हो।
वेलकम इन्टरनेशनल एजुकेशन फाउन्डेशन प्रालि नामको कम्पनी खोलेका पाण्डेले वैदेशिक रोजगारीमा इजाजत पठाउने इजाजतपत्र नलिई पीडितलाई पपुवा न्यूगिनी पठाइदिने भनी उक्त रकम लिएर फरार भएका थिए।
पक्राउ पाण्डेलाई वैदेशिक रोजगार ऐन, २०६४ विपरीतको कसुरबमोजिम काठमाडौं जिल्ला अदालतको आदेशले कैद भुक्तानीका लागि डिल्लीबजार पठाइएको ब्यूरोले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।