सिरहा– भूमिगत गतिविधि संचालन गर्दै आएको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) जयकृष्ण गोईत समूह तराईमा सक्रिय हुन थालेको छ । सो समूहले बिहिबार लहानमा बिष्फोट गराएको छ ।
लहानको नगरपालिका–१ स्थित लोकतन्त्रचोक छेउमा गोइत समूहले बिष्फोट गराएको हो । साईकलको सिटमुनी फिट गरेको सकेट बम बिष्फोटन भएको हो । बमको छर्रा लागेर सप्तरीको खडक नगरपालिका–२ बनरझुल्ला बस्ने ४६ बर्षीय परमेश्वर चौधरी र सोही नगरपालिका–४ पनसेरा बस्ने ४४ बर्षीय धनराज चौधरी घाइते भएका छन् । उनीहरुको हात, खुट्टा, ढाड र कम्मरमा छर्रा लागेको छ । घटनास्थलमा सकेटका टुक्राहरु तथा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) जयकृष्ण गोईत नामक पर्चा समेत फेला परेको छ । प्रहरीले सो समूहका कार्यकर्ताहरुको खोजी सुरु गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।