नेपालगञ्ज– बाँकेमा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो दल बनेको छ।
प्रदेशसभामा एउटा मात्रै सिट जित्न सफल कांग्रेसले समानुपातिकतर्फ ५० हजार ८ सय ५६ मत प्राप्त गरेको छ। यस्तै, नेकपा एमाले दोस्रो, संघीय समाजवादी फोरम तेस्रो, माओवादी केन्द्र चौथो र राप्रपा पाँचौं दल बनेका छन्। प्रतिनिधिसभामा एउटा र प्रदेश सभामा दुई वटा स्थान जितेको एमालेले समानुपातिकमा ४८ हजार ६ सय ९७ मत प्राप्त गरेको छ।
त्यस्तै, प्रतिनिधिसभा र प्रदेशसभामा एक/एक स्थान जितेको संघीय समाजवादीले २६ हजार ६४ मत पाएको छ। प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई स्थान जित्न सफल माओवादीले २२ हजार ७ सय ३२ मत बटुलेको छ।
गएको स्थानीय निर्वाचनमा नेपालगञ्जको मेयर जित्न सफल राप्रपा भने ८ हजार १ सय ४ मत मात्रै प्राप्त गरेर पाँचौं दलमा खुम्चिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।