काठमाडौं– राष्ट्रपति विरुद्ध सामाजिक सञ्जाल फेसबुकमा गाली गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। तनहुँ घर भएका २० वर्षीय विवेक बानियाँलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको हो।
बानियाँले गत असारमा राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध अमर्यादित शब्द प्रयोग गरी स्टाटस लेखेको सिआइबीका प्रवक्ता एसपी जीवन श्रेष्ठले बताए। उनलाई प्रहरीले बिहिबार पक्राउ गरी विद्युतीय कारोबार ऐनअनुसार मुद्दा अघि बढाएको छ। बानियाँ विद्यार्थी हुन्।
राष्ट्रपति विरुद्ध सामाजिक सञ्जालमा अमर्यादित गाली गरेको आरोपमा केही महिनाअघि प्रहरीले सोनुकुमार सुनारलाई पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।