फाइल तस्बिर
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली करिब डेढ साता लामो युरोप भ्रमणमा जाने भएका छन् ।
ओलीले यही जेठ २५ गतेदेखि युरोपेली मुलुकहरु स्विजरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमण गर्ने भएका हुन्।
परराष्ट्र मन्त्रालयले आईतबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको ९ दिन लामो युरोप भ्रमणबारे औंपचारिक जानकारी गराएको हो ।
‘प्रधानमन्त्री ओलीले बेलायतको भ्रमणपछि फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने उच्च स्तरीय राजनीतिक भेटवार्तामा सहभागी हुनुहुनेछ,’ परराष्ट्रमन्त्री ज्ञवालीले पत्रकार सम्मेलनमा भने, ‘फ्रान्समा रहँदा त्यहाँका लगानीकर्ताहरुसँग नेपालमा लगानी भित्र्याउने विषयमा पनि छलफल गर्नुहुने छ ।’
प्रधानमन्त्री ओलीले जेठ २६ गते स्विजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तराष्ट्रिय श्रम संगठनको वार्षिक साधारण सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको गर्ने छन् । त्यसपछि उनी जेठ २७ गते बेलायत प्रस्थान गर्ने छन् । त्यहाँ अक्र्सफोर्ड युनियनले आयोजना गरेको विशेष समारोहलाई प्रधानमन्त्री ओलीले सम्बोधन कार्यक्रम रहेको छ । बेलायत भ्रमणमा रहँदा प्रधानमन्त्री ओलीले त्यहाँका समकक्षी थेरेसा मेसँग पनि औपचारिक भेटवार्ता गर्ने छन् ।
प्रधानमन्त्री ओली आगामी असार १ गते स्वदेश फर्कने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।