कार्डिफ– एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत न्युजिल्यान्डले सानदार जित हात पारेको छ। शनिबार कार्डिफमा भएको खेलमा न्युजिल्यान्डले श्रीलंकालाई १० विकेटले पराजित गरेको हो।
श्रीलंकाले दिएको १ सय ३७ रनको झिनो लक्ष्य न्युजिल्यान्डले विकेट नगुमाइ १६.१ ओभरमा पार गर्यो। न्युजिल्यान्डका लागि कोलिन मुनरोले नटआउट ५८ रन र मार्टिन गुप्टिलले नटआउट ७३ रन जोडे। मुनरोले ४७ बलमा ६ चौका र १ छक्का तथा गुप्टिलले ५१ बलमा ८ चौका र २ छक्का हिर्काए।
त्यसअघि न्युजिल्यान्डले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको श्रीलंका २९.२ ओभरमा १३६ रनमै अलआउट भयो।
श्रीलंकाका लागि कप्तान दिमुख करुणारत्नेले सबैभन्दा बढी ५२ रन जोडे। उनले ८४ बलमा ४ चौका हिर्काए। कुशल परेराले २९ रन जोडे भने थिसरा परेराले २८ रन बटुले। अन्य ब्याट्सम्यान दोहरो अंक जोड्न नपाइ आउट भए।
श्रीलंकाको इनिङ ध्वस्त पार्ने क्रममा न्युजिल्यान्डका लोकी फर्ग्युशनले र मार्ट हेनरीले ३–३ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।