• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

इपिएस हटाएर डब्लुपिएस लागू गर्न नेपाली मजुदर नेताले लेखे कोरियाली राष्ट्रपतिलाई पत्र

64x64
नेपाल लाइभ शनिबार, जेठ १८, २०७६  ०७:५३
1140x725

रोजगारीका लागि दक्षिण कोरिया पुग्ने नेपाली युवाहरुको संख्या ५५ हजार भन्दा बढी पुगिसकेको छ। मासिक रुपमा आर्थिकोपार्जनमा कोरिया अब्बल देखिए पनि कामदारका समस्यालाई लिएर अनेक गुनासा सुनिँदै आएका छन्।

आफूले चाहेअनुसार कम्पनी परिवर्तन गर्न नपाउनु, तोकिएबमोजिम न्यूनतम तलब प्राप्त नहुनु, आवासको समस्या, गालीगलौज लगायत मजदुरका अनेकन समस्या छन्। रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत १६ मुलुकबाट कोरियाले कामदार भित्र्याउने गरेको छ। मजदूरका लागि बोलिदिने मजदूर संगठन 'केसिटियू' र प्रवासी मजदूर संगठन (एमटियू) कोरियामा क्रियाशील छन्।

एमटियूको नेतृत्व नेपालीले गरेका छन्। उदय राई अध्यक्ष रहेको संगठनले कानुनी हैसियत प्राप्त गरेसँगै मजदूरका समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको देखिन्छ।

सोही संगठनको सचिवमा पनि नेपाली नै आसिन छन्। सचिव मधुसुदन ओझाले त्यहाँका राष्ट्रपति मुन्जेइनलाई हालै एक पत्र लेखी मजदूरका अनेकन समस्याका बारेमा अवगत गराउने कोशिस गरेका छन्।राष्ट्रपति मुन्जेइनलाई सम्बोधन गरी लेखिएको पत्र कोरियाको प्रतिष्ठित पत्रिका ‘हान क्यरे’ले प्राथमिकता दिएर छापेको छ।

प्रस्तुत छ, ओझाले कोरियाली भाषामा लेखेको पत्रको अनुवाद:

राष्ट्रपतिज्यू नमस्कार,

म रोजगार अनुमति प्रणालीअन्तर्गत नेपालबाट कोरिया काम गर्न आएको एक कामदार हुँ। रोजगारीका लागि हाल म कोरियाको छनानस्थित एक कम्पनीमा कार्यरत छु। हामी प्रवासी श्रमिकहरुले कोरिया आएपछि रोजगार अनुमति प्रणालीका कारण कार्यस्थल परिवर्तन गर्न नपाउनु सबैभन्दा ठूलो समस्या हो। 

Ncell 2
Ncell 2
nimb
nimb

रोजगार अनुमति प्रणालीका खराब नीतिका कारण प्रवासी श्रमिकले कुटपिट, गालीगलौज, अभद्र व्यवहारको सामना गर्नुपरेको छ। साथै, आत्महत्या गर्ने प्रवासी श्रमिक पनि धेरै छन्। प्रवासी श्रमिकलाई कार्यस्थल परिवर्तन गर्न नदिएका कारण रोजगारदाताले दास बनाएर जबरजस्ती काम गराउँछन्। कार्यस्थल परिवर्तन गर्न दिएवापत ५०औं लाख वन उपलब्ध गराउनु पर्ने बाध्यात्मक अवस्था पनि छ। सँगसँगै अवैधानिक कार्य गर्ने रोजगारदाता पनि छन्।

३ वर्षमा ३ पटक कार्यस्थल परिवर्तन गर्न पाइने भनिए पनि रोजगारदाताले अनुमति नदिएमा भने फेर्न पाइँदैन। उक्त प्रावधानले भिसाबिहीन भएर बस्ने प्रवासी श्रमिकको संख्या बढ्दैछ। हामी प्रवासी श्रमिक कोरियामा दास बनेर बस्न आएका होइनौं।

प्रवासी मजदूरका पनि कोरियाली नागरिकका जस्तै परिवार छन्। पहिले, कोरियालीहरु आर्थिक स्थिति कमजोर भएका कारण साउदी अरब र अन्य देशमा काम गर्न गए जस्तै हामी पनि आर्थिक स्थिति कमजोर हुनाले यस देशमा काम गर्न आएका हौं। तापनि कोरियली सरकारले हामीले पाउने तलब कटौती गर्न विभिन्न तरिका अपनाइरहेको छ।

प्रवासी श्रमिकको खाने बस्नेवापत २० प्रतिशत रकम बेसिक तलबबाट रोजगारदाताले कटौती गर्न पाउने निर्देशिका श्रम मन्त्रालयले लागू गरेको छ। ट्वाइलेट/बाथरुम समेत नभएको फिनिल हाउस र गोदाम घरमा आवास दिएर जबरजस्ती लाखौं वन कटौती गर्ने प्रावधान लागू गरिएको छ। कतिपय रोजगारदाताले न्यूनतम ज्यालाको उचित रकम प्रवासी श्रमिकलाई उपलब्ध गराएका छैनन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

राष्ट्रपतिज्यू,

अन्य प्रवासी श्रमिकजस्तै मैले पनि सुरुमा कोरिया आउँदा इन्छनको एक कम्पनीमा दैनिक गाली र कुटपिटको सिकार भएको थिएँ। कम्पनीमा सँगै काम गर्ने कोरियालीले एक साथमा खाना खान मन पराउँदैनन् भने कम्पनी पार्टीमा पनि प्रवासी श्रमिकलाई बेवास्ता गरिन्छ।

कम्पनीमा आफूभन्दा सानो उमेरको भएता पनि प्रवासी श्रमिकलाई तुच्छ भावनाले काम गराइन्छ। हामी प्रवासी श्रमिकलाई अपराधीको जस्तै व्यवहार गरिन्छ। छालाको वर्ण कालो र आर्थिक हैसियत कमजोर भएकै कारण मानिस मानिसमा भेदभाव नगर्न म अपिल गर्दछु।

प्रवासी श्रमिकहरुले यहाँका नागरिकले नगर्ने कठिन कार्य गरिराखेका छौं। तसर्थ, कामको मूल्यांकन गरी व्यवहार उस्तै हुनुपर्दैन र राष्ट्रपति ज्यू?

ग्रामीण भेगमा कृषिमा कार्यरत श्रमिकले प्रत्येक दिन १८ घण्टासम्म कार्य गरे पनि उचित ज्याला नपाउने अवस्था छ। रोजगार अनुमति प्रणालीबाट आएका कामदार कार्यस्थलमा बिरामी हुदाँ बिरामी भएँ भन्न पाउँदैनौं। अस्पताल जान नदिई रोजगारदाताले जबरजस्ती काममा लगाउने प्रवृति कतिपय रोजगारदातामा छ।

कोरियामा एक वर्ष काम गरेवापत प्राप्त हुने अनिवार्य बिदा प्रवासीका लागि लागू गरिएको छैन।

राष्ट्रपतिज्यू,

कोरियामा कडा परिश्रम गरिरहेका प्रवासी श्रमिकहरु काम गर्ने स्थानमा वा कोरियाली समाजमा भेदभावको सिकार नहुन भेदभाव निषेधित कानुन अपरिहार्य छ। कार्यस्थलमा समस्या आइलागेमा रोजगारदाताको अनुमति बिना कार्यस्थल परिवर्तन गर्न पाउनका लागि रोजगार अनुमति प्रणालीलाई परिवर्तन गरी कार्यभिसा प्रणाली (डब्लुपिएस) लागू गर्न आग्रह गर्दछु।

- मधुसुदन ओझा

सचिव, प्रवासी मजदूर संगठन 

प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६  ०७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण
सम्बन्धित सामग्री
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? हालको सिजन नरेन्द्र मोदीको सत्ताका २५ वर्ष र त्यसपछिको समयका बारेमा छलफल गर्ने चलिरहेको छ। उनका समर्थकहरू उत्सव मनाइरहेका छन्। उनको... आइतबार, असोज २५, २०८३
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्