• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

के आगामी आवमा ८.५ प्रतिशतको आर्थिक वृद्धि सम्भव छ?

64x64
नेपाल लाइभ शुक्रबार, जेठ १७, २०७६  १८:४९
1140x725

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको लागि कूल १५ खर्ब ३२ अर्बभन्दा बढीको बजेट प्रस्तुत गरेको ‍छ। कूल विनियोजन रकममध्ये चालूतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात् ६२ दशमलब ४ प्रतिशत छुट्याइएको छ। यसैगरी पुँजीगत खर्चतर्फ ४ खर्ब ८ अर्ब ५९ लाख विनियोजन गरिएको छ। वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ५८ लाख छुट्याइएको छ।

आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेटमा आन्तरिक राजश्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८२ लाख रुपैयाँ, वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख रुपैयाँ र वैदेशिक ऋणबाट २ खर्ब ९८ अर्ब ८३ करोड ३३ लाख जुटाइने उल्लेख छ।

यसरी बजेट ल्याउँदै अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट कार्यान्यवन प्रभावकारी बनाउँदै आर्थिक वृद्धिर ८.५ प्रतिशत पुर्‍याउने महत्वकांक्षी अपेक्षा अगाडि सारेका छन्।

के अहिलको सरकारको काम गराई र विकास खर्चको अनुपातलाई हेर्दा यो लक्ष्य सम्भव छ त? एक स्वभाविक प्रश्न खडा भएको छ। सरकारको लक्ष्य पूरा हुनेमा विश्वास गर्ने अवस्था पनि छैन। किनकी सरकारले चालू आवको बजेटमार्फत ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य अगाडि सारे पनि पूरा नुहने निश्चित भइसकेको छ। चालू आवको आर्थिक वृद्धिदर ६.८१ प्रतिशतको हाराहारीमा रहने केन्द्रीय तथ्यांक विभागले आँकलन गरिरसकेको छ।

आगामी आवमा आर्थिक वृद्धिदर ८.५ प्रतिशत पुर्‍याउने सरकारको लक्ष्य सम्भव छ? छ भने कसरी छ त? यसै विषयमा नेपाल लाइभले पूर्व अर्थसचिव रामेश्वर खनालसँग गरेको कुराकानीको सम्पादित अंश:

सकारले आगमी आवमा आर्थिक वृद्धिदर ८.५ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। यो असम्भव पनि छैन। तर, काम गराईमा भने परिवर्तन आवश्यक छ।

लक्ष्य अनुसारको आर्थिक वृद्धिदर हासिल गर्न सरकारले आगामी वर्ष मोटामोटी १४ सय ४० अर्ब रुपैयाँ पुँजी निर्माण सम्बन्धमा लगानी गर्न सक्नुपर्छ। जसमा सरकारले आगामी आवमा ४ सय अर्बभन्दा केही माथिको पुँजीगत खर्च गर्ने लक्ष्य राखेको छ।

यसको ८० प्रतिशत खर्च भएको अवस्थामा पनि ३ सय ५० वा ६० अर्बभन्दा बढी खर्च हुँदैन। योसँगै सरकारले स्थानीय तह र प्रदेश सरकारलाई दिने रकम चालु खर्चबाट दिने हो। उनीहरुले त्यहाँ केही रकम पुँजी‍गत खर्चमा गर्छन्।

nimb
nimb
Ncell 2
Ncell 2

यही हिसाबले अर्को दुई सय अर्ब सरकारको पुँजीगत खर्च हुन्छ भनेर मान्ने हो भने पनि मोटामोटी सरकारको पुँजीगत खर्च ५ सय अर्ब हुने हो।

अब यो बाहेक निजी क्षेत्रले ९ सय अर्बदेखि १ हजार अर्बसम्म लगानी गर्नुपर्छ।

यसरी निजी क्षेत्रले लगानी गर्न सकेको अवस्थामा सरकारको लक्ष्य अनुसारको ८.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हासिल हुन सक्छ। सरकारकै तर्फबाट मात्रै हासिल हुने कुरा हुँदैन। निजी क्षेत्र र सरकारले गरेको आह्वान, सरकारले देखाएको लगानीका क्षेत्र, सरकारले सिर्जना गरिदिएको वातावरणअनुसार १ हजार अर्ब निजी क्षेत्रबाट लागानी भएको अवस्थामा यो सम्भव छ।

तर, लगानीको वातावरण नभएको अवस्थामा यो सम्भव छैन। विगतका वर्षहरु र चालू आवकै जस्तो आगामी वर्षपनि विकास खर्च गर्ने हो भने यो लक्ष्य महत्वकांक्षी नै हो भन्न सकिन्छ।

स्थायी र बलियो सरकार छ। निर्णयहरु छिटो-छिटो हुन्छ भने (केही निर्णय छिटो भएको सन्दर्भलाई हेरेर) पनि यो लक्ष्य पूरा गर्न केही सहजता छ। त्यसमा पनि बजेटमार्फत नेपाली उद्योग क्षेत्रलाई प्रोत्साहन गर्ने गरी काम गर्न खोजिएको छ। यो पनि सकारात्मक नै हो।

यी सबै आधारलाई हेर्दैगर्दा यो महत्वकांक्षी भए पनि हासिल गर्न सक्ने खालको लक्ष्य हो भनेर भन्न सकिन्छ।

अर्को विषय उत्पादन बढाउने हो। उत्पादन बढाउने विषयलाई दुई वटा विषयसँग जोडेर हेर्नुपर्छ।

एउटा लगानी बढाएर हो। जस्तै एक हजार रुपैयाँ लगानी गरेर तरकारी उत्पादन गरिएको ठाउँमा अब ५ हजार रुपैयाँ लगानी गरेर तरकारी उत्पादन बढाउने हो।

अर्को विषय एक हजार रुपैयाँ नै लगानी गरेर उत्पादकत्व बढाउने हो। उत्पादकत्व बढाउने भनेको पुँजीको कार्यकुशलता तथा पुँजीको कार्यक्षमता बढाउने हो। त्यसमा पुँजीको मात्रै नभई श्रमको पनि कार्यकुशलता बढाउनु हो।

नेपालको अहिलेको उत्पादकत्व कम छ। यदि १४ सय ४० अर्बको लगानी पुर्‍याउन नसक्ने हो भने विगतमा लगानी गरेको क्षेत्रमा धेरै रकम छ। जस्तै विभिन्न उद्योगहरुले क्षमता बढाए पनि उत्पादन गर्न सकेका छैनन्।

पर्यटन उद्योगले पनि क्षमता अनुसारको पर्यटक भित्र्याउन सकेका छैनन्। वायुसेवा कम्पनी पनि क्षमता अनुसार चल्न सकेका छैनन्।

यसरी क्षमता भएर पनि पूर्ण क्षमतामा चल्न नसकेकाहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सकेको अवस्थामा पनि फेरि १४ सय ४० अर्बको लगानी चाहिँदैन। त्यो भन्दा कम भएपनि पुग्छ। अहिले त हामीले पहिलेदेखि भइरहेको उत्पादकत्वमा कुनै परिर्वतन आउँदैन भन्ने उत्पादन अनुमानमा १४ सय ४० अर्बको कुरा गरेको हो। जस्तो कि ४ रुपैयाँ ९० पैसाको लगानी गरेको अवस्थमा एक रुपैयाँ आउँछ भन्ने आधारमा मैले यसो भनेको हो।

यदि उत्पादकत्व वृद्धि गर्ने हो भने १४ सय ४० अर्ब नचाहिन पनि सक्छ। त्यो भन्दा अलिकति कम भएपनि ८.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिन्छ। साथै सरकारले कि त लगानीको वातावरण राम्रो बनाइदिनु पर्छ। किनकी आफूले गर्ने लगानीभन्दा बढी त निजी क्षेत्रले गर्ने हो। सरकारले त ५ सय अर्ब रुपैयाँभन्दा बढी त पुँजी निर्माण क्षेत्रमा लगानी गर्नै सक्दैन।

यदि होइन सरकारले लगानीको वातावरण ठिकठिकै बनायो, आवश्यक मात्रामा पुरा गर्न सकेन भने उत्पादकत्व वृद्धि गर्न आवश्यक पूर्वाधारको विकास गर्नुपर्ने हुन्छ। अहिले हाम्रो सडक पूर्वाधार राम्रो नहुँदा पनि उत्पादकत्व बढ्न सकेको छैन। जस्तै विरगञ्जको कुनै कारखानाले उत्पादन गरको सामान एक घन्टामा काठमाडौं पठाउन सक्छ भने उसले उत्पादन बढाउने हो। उत्पादन गरेको सामान काठमाडौं पठाउन ५ दिन लाग्छ भने त सामान स्टक रहने  छ। सामान स्टक रहेको अवस्थमा उत्पादन हुने कुरै भएन।

यसकारण सरकारले उत्पादकत्व बढाउनका निम्ति छिटोभन्दा छिटो पूर्वाधार विकास गर्नु नै प्रमुख आवश्यकता हो। यसैगरी उत्पादकत्व बढाउन बन्द हड्ताल हुने नदिने र श्रमिकको समस्या उठ्नासाथ समाधान गर्ने हो।

बजेट नेपालमा कहिले पनि नराम्रो आएको छैन। बजेटसँग हेर्ने विषय काम हो।

तर, बजेट ज्यादै राम्रो, ऐतिहासिक पनि छैन। ऐतिहासिक भन्नु पनि बकबास हो। यो बजेट अर्थशास्त्री हिसाबबाट ठिक हो। बजेट ज्यादै विचलन ल्याउने तथा असंगती ल्याउने खालको छैन। साथै यो बजेट अर्थतन्त्रलाई समस्या पार्ने खालको पनि छैन। सम्रगमा भन्नुपर्दा यो बजेट महत्वकांक्षी पनि छैन।

प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६  १८:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष मंगलबार, भदौ २, २०८३
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी मंगलबार, भदौ २, २०८३
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्