काठमाडौं- इंग्लिस क्लब चेल्सीले शहरी प्रतिद्वन्द्वी आर्सनललाई पराजित गरेर युरोपा लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
बुधबार अजरबैजानको राजधानी बाकुमा भएको फाइनलमा चेल्सीले आर्सनललाई ४-१ गोलले हराएर दोस्रो पटक युरोपा लिगको उपाधि उचालेको हो। हारपछि आर्सनलको च्याम्पियन्स लिगमा छनोट हुने अभियान पनि समाप्त भएको छ। यता चेल्सीका प्रशिक्षक माउरिजियो सारीले पहिलो उपाधि जितेका छन्।
बुधबार खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो। दोस्रो हाफमा ५ गोल हुँदा चेल्सीले चार गोल गर्न सफल भयो। खेलको ४९ मिनेटमा ओलिभर जिरुडले गोल गरेर चेल्सीलाई अग्रता दिलाए। उनले इमर्सनको क्रसमा गोल गरे। ६० मिनेटमा पेड्रोले चेल्सीको अग्रता दोब्बर पारे। उनलाई इडिन हजार्डले क्रसबास गोल गर्न पास उपलब्ध गराएका हुन्।
६५ मिनेटमा चेल्सीले तेस्रो गोल गर्न सफल भयो। आर्सनलका गोलकिपर पिटर चेकले फल गरेपछि चेल्सीले पेनाल्टी पायो। पेनाल्टीमा हजार्डले गोल गरेका हुन्। ६९ मिनेटमा इमोवीले गोल गरेर आर्सनललाई खेलमा फर्काउन कोशिस गरे। लगत्तै हजार्डले व्यक्तिगत दोस्रो गोल गर्दा खेल चेल्सीको पक्षमा गएको थियो।
हजार्डले चेल्सीका लागि अन्तिम खेल खेल्दा आर्सलनका गोलकिपर चेकले जीवनकै अन्तिम खेल खेलेका थिए। यसै सिजनदेखि हजार्डले चेल्सी छाड्न लागेका छन् भने चेकले खेल जीवनबाट संन्यास लिने घोषणा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।