काठमाडौं- नुवाकोटको थाना भन्ञ्याङमा आज दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । ५० भन्दा बढी घाइते भएका छन्।
काठमाडौंबाट छहरे नुवाकोटका लागि छुटेको बा १ ख ६३४८ नम्बरको यात्रुबाहक बस १२ बजेतिर टोखा-छहरे सडकखण्डको शिवपुरी गाउँपालिका- ७ थाना भञ्ज्याङमा दुर्घटना भएको थियो। तीन जनाको घटनास्थलमा तीन जनाको काठमाडौं ल्याएपछि उपचार क्रममा मृत्यु भएको हो।
३१ जना घाइतेलाई काठमाडौं ल्याइएकोमा तीन जनाको मृत्यु भएपछि अब २८ जना उपचार गराइरहेका छन्। उनीहरुको ग्रान्डी र ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको र मृतक सबैको पहिचान खुल्न बाँकी रहेको नुवाकोट प्रहरीले जनाएको छ।
यसअघि दुर्घटनामा मृत्यु हुने नुवाकोटकी २२ वर्षीया सबिना तामाङको पहिचान खुलेको प्रहरीको जनाएको थियो।
ग्रिनसिटी अस्पतालमा उपचाररतको नामावली
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।