काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक गरेको बजेट अनुसार आगामी आर्थिक वर्षमा युवा तथा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ९९ करोड बजेट छुट्याएको छ।
यो बजेट गत वर्षको भन्दा कम हो। ०७५/७६ को बजेटमा युवा तथा खेलकुद मन्त्रालयलाई ४ अर्ब १८ करोड ९५ लाख रुपैयाँ छुट्याइएको थियो।
आगामी आवमा सरकारले काठमाडौंमा अन्तर्राष्ट्रिय खेलकुद परिषद बनाउन बटेज छुट्याएको छ। यस्तै प्रत्येक प्रदेशमा रंगशाला निर्माण गर्न सरकारले बजेट छुट्याएको छ। यस्तै सवै स्थानिय तहमा खेल ग्राम निर्माणका लागि पनि बजेट छुट्याएको छ।
यस्तै मुलपानी क्रिकेट रंगशालाका १० करोड बजेट छुट्याइएको छ। नीजी क्षेत्रबाट हुने क्रिकेट प्रतियोगितालाई प्रोत्साहन गरिने बजेटमा उल्लेख छ। यस्तै सरकारले पहिलो पटक क्रिकेट एकेडेमी बनाउन पनि बजेट छुट्याएको छ।
एक विद्यालय एक खेलकुद शिक्षक नियुक्त गर्न ५ अर्ब रुपैयाँ छुट्याइएको छ।
सरकारले आगामी मंसिरमा हुने दक्षिण एसियाली खेलुकद र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पनि बजेट छुट्याएको छ।
गत आर्थिक वर्ष युवा तथा खेलकुद मन्त्रालयका लागि छुट्याइएको बजेटमध्ये एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुद र आठौं खेलकुद प्रतियोगिताका लागि २ अर्ब ४ करोड बजेट थियो। सो मध्ये दक्षिण एसियाली खेलकुद निर्धारित मितिमा हुन सकेन। दक्षिण एसियाली खेलकुद आगामी मंसिरमा हुने तय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।