इस्लामाबाद – पाकिस्तानको दक्षिणपश्चिमी सहर बालोचिस्तानमा झण्डै तीन सय तालिबान लडाकूहरुले शनिबार सरकारसमक्ष आत्मसमर्पण गरेका छन्।
प्रतिबन्धित उक्त समूहका १७ जना कमाण्डरले समेत आत्मसमर्पण गरेको पाकिस्तानी सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।
सो प्रान्तको राजधानी क्वेटामा आयोजित एक समारोहमा ती लडाकूहरुले आत्मसमर्पण गरेको बताइएको छ।
बालोचिस्तान प्रान्तका मुख्यमन्त्री नवाब सानाउल्लाह खान जेह्रीले प्रान्तभरि कानुनी शासनको अवस्थामा सुधारहुदै गएको बताउनु भएको छ।
यसअघि गत अगष्ट २२ मा पनि प्रतिबन्धित बालोच लिबरेसन आर्मीले सरकारी सुरक्षा निकायसामु आत्मसमर्पण गरेको थियो। रासस÷सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।