नयाँदिल्ली – भारतको अर्धसैन्य बलका एकजना सिपाहीले आफ्नै पल्टनका चारजना सहकर्मीको हत्या गरेका छन्।
उक्त सैन्य बलको केन्द्रीय शिवीर भित्र रहेका सदस्यहरुमध्ये अन्य केही घाइते पनि भएको एक सरकारी अधिकारीले सोमबार जानकारी दिएका छन्।
शनिबार बेलुका स्थानीय समयअनुसार पाँच बजेतिर छत्तिसगढ राज्यको बिजपुर जिल्लामा सो घटना भएको हो । आक्रमणकारी सिपाहीले सँगै रहेका आफ्ना सहकर्मीहरुलाई बन्दुक प्रहार गरेका थिए।
“उसले आफ्ना चारजना सहकर्मीलाई बन्दुक प्रहार गरेका थिए, त्यसपछि चारै जनाको घटनास्थलमै मृत्यु भएको थियो, अर्का एकजना सहायक निरीक्षक घाइते भएका छन्,” नाम नबताउने सर्तमा बिजपुरका एक अधिकारीले भने।
छत्तिसगढ राज्यका बरिष्ठ प्रहरी अधिकृत सुन्दरराज पीले स्थानीय सञ्चार माध्यमहरुलाई शनिबार अबेर दिएको जानकारी अनुसार घटना के कसरी र किन भयो भन्ने बारेमा अहिले केही स्पष्ट भईसकेको छैन भने प्रहरीले अनुसन्धान सुरु गरेको छ।
उनले किन यसरी गोली प्रहार गरेका हुन् अथवा उनीहरुबीच कुनै झगडाको कारण के थियो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ।
उनले दिएको जानकारीअनुसार सो सैन्य बलमा बन्दुक प्रहार गरी हत्यागर्ने ३५ बर्षीय सनाथ कुमारलाई पक्राउ गरिएको र सोधपुछ सुरु गरिएको पनि जानकारी दिएका छन्।
छत्तिसगढका मुख्यमन्त्रीले ट्वीटरमार्फत् घटनाको भत्र्सनागर्दै दोषीलाई कारबाही गर्ने बताउनु भएको छ । छत्तिसगढ राज्य माओवादी प्रभावित क्षेत्र मानिन्छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।