काठमाडौं- बिहीबारदेखि सुरु हुने एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितअघि वेस्ट इन्डिजले उत्कृष्ट ब्याटिङको नमुना प्रस्तुत गरेको छ। उत्कृष्ट ब्याटिङसँगै वेस्ट इन्डिजले न्युजिल्यान्डलाई ९१ रनले पराजित गरेको छ।
वेस्ट इन्डिजले मंगलबार भएको अभ्यास खेलमा न्युजिल्यान्डविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्ने क्रममा ४ बल खेल्न बाँकी छदा अलआउट हुने क्रममा ४ सय २१ रन जोड्यो। उसका लागि साइ होपले १ सय १ रन जोडे। इभिन लेविसले ५० रन जवडे भने आन्द्रे रसेलले २५ बलमा ५४ रनको योगदान दिए। जासन होल्डरले ४७ बनाए। बलिङमा न्युजिल्यान्डका ट्रेन्ट बोल्डले ४ विकेट लिए।
४ सय २२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४७.२ ओभरमा अलआउट हुने क्रमा ३ सय ३० रन जोड्यो। उसका लागि ब्लुडेनलले १ सय ६ रन र केन विलियमसनले ८५ रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन। बलिङमा वेस्ट इन्डिजका कार्लोस बाथवेटले ३ विकेट र एलिनले २ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।