काठमाडौं- एकदिवसीय विश्वकपअघि भएको वार्मअप खेलमा भारतले बंगलादेशलाई पराजित गरेको छ।
मंगलबार राति सकिएको खेलमा भारतले बंगलादेशलाई ९५ रनले पराजित गरेको हो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ५९ रन बनायो। उसका लागि लोकेश राहुलले १ सय ८ रन र महेन्द्रसिंह धोनीले १ सय १३ रन जोडे।
जवाफी ब्याटिङ गरेको बंगलादेश ३ बल खेल्न बाँकी छदा २ सय ६४ रनमा अलआउट भयो। बंगलादेशका लागि मुस्फिकर रहिमले ९० रन र लिन्टन दासले ७३ रनको योगदान दिए। बलिङमा भारतका कुलदिप यादव र युजभेन्द्र चाहलले ३-३ विकेट लिए। जसप्रित बुमराहले २ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।