नयाँ दिल्ली- भारतको अर्धसैन्य बलका एक सिपाहीले आफ्नै पल्टनका चार जना सहकर्मीको हत्या गरेका छन्।
हत्या गर्ने ३५ वर्षीय सनाथ कुमार भने पक्राउ परेका छन्। उनले सँगै रहेका आफ्ना सहकर्मीहरुलाई बन्दुक प्रहार गरेका थिए।
उक्त सैन्य बलको केन्द्रीय शिविरभित्र भएको घटनामा अन्य केही सदस्य घाइते भएका छन्। शनिबार बेलुका छत्तिसगढ राज्यको बिजपुर जिल्लामा सो घटना भएको हो।
'उनले बन्दुक प्रहार गरेर हत्या गरेका हुन्। सहायक निरीक्षक घाइते भएका छन्,' बिजपुरका एक अधिकारीले भने।
छत्तिसगढ राज्यका वरिष्ठ प्रहरी अधिकृत सुन्दरराज पीले घटनाबारे अनुसन्धान सुरु भएको बताए। छत्तिसगढका मुख्यमन्त्रीले घटनाको भर्त्सना गर्दै दोषीलाई कारबाही गर्ने बताएका छन्। छत्तिसगढ राज्य माओवादी प्रभावित क्षेत्र मानिन्छ।एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।