कठमाडौं – रेनोको लागि नेपालको आधिकारीक बितरक एड्भान्स अटो मोवाइल प्रालिले ‘रेनो वर्कशप अन हुइल’ (वाउ) नामक सर्भिस भेइकल रेनोका उपभोक्ताहरुलाई सेवा सुरुवात गरेको छ । रेनो नेपालले पहिलो पटक अत्याधुनिक सर्भिस सेन्टर सहितको यो सेवा ल्याएको हो । यो सेवाबाट रेनोको उपभोत्ताहरुले लाभ लिन सक्नेछन् । रेनोको यो सेवाले बिशेष गरि काठमाडौँ उपत्यकाभरि फैलिएर रहेका आफ्ना ग्राहकहरुलाई प्रभावकारी र अत्यावस्यक समयको बेला तत्पर सेवाहरु प्रदान गर्नेछ ।
रेनोका ग्राहकलाई मध्येनजर गर्दै एड्भान्स अटो मोवाइल प्रा. लि.ले ‘वर्कशप अन हुइल’ (वाउ) नामक सर्भिस सेवाको सुरुवात गरेको छ । यो सेवा उपत्यकाका ग्राहकले घरबाटै प्राप्त गर्न सक्नेछन् । यस सर्भिस सेवा पूर्णत अत्याधुनिक र सुविधा सम्पन्न हुनुको साथै यो सेवाबाट कारमा आउने ८० प्रतिशत समस्या त्यही नै समाधान हुनेछन् । रेनो उपभोक्ताहरूले यो सेवा लिनको लागि १६६०-०१-१६६६६ टोल फ्री नम्बरमा कल गर्न सकिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।