म्याड्रिड– स्पेनिस पुलिसले म्याच फिक्सिङ गरेको विषयमा अनुसन्धन गर्नका लागि झन्डै एक दर्जन व्यक्तिलाई पक्राउ गरेको छ।
पुलिसले अहिले खेलिरहेका खेलाडी तथा पूर्व खेलाडीलाई नियन्त्रणमा लिएको छ। यस्तै क्लबका कार्यकारी पदाधिकारी पनि पुलिसले नियन्त्रणमा लिएको छ।
'प्रहरीले गत मे २०१८ मा ला लिगामा भएको भनिएको म्याच फिक्सिङको अनुसन्धन गर्न पक्राउ गरेको हो,' ला लिगाका प्रवक्ताले भनेका छन्।
यसअघि ला लिगाका ८ खेलमा म्याच फिक्सिङ भएको भन्दै उजुरी परेको थियो। सो घटनाको अनुसन्धान गर्न खेलाडीलाई तथा पदाधिकारीलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा लिड्सका फरवार्ड स्यामुयल साइज लगायत छन्। यस्तै रियल म्याड्रिडका पूर्व खेलाडी राउल ब्राभो पनि प्रहरी नियन्त्रणमा छन्। यसैगरी हुइस्का क्लबका अध्यक्ष अगुस्टिन लासाओसा र डिपोर्टिभो ला कोरुनाका खेलाडी इनिगो लोपेजसहित ११ जना गिरफ्तारीमा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।