सप्तरी- सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ मा बस र एम्बुलेन्स ठोकिँदा बसमा सवार १६ जना यात्रु घाइते भएका छन्।
घाइते ६ जनाको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने १० जनाको भारदहस्थित स्थानीय मेडिकलमा उपचार गराइरहेका छन्। बेलुकी सवा ८ बजे ना ५ ख ४९० नम्बरको बस र को१च ५७९८ नम्बरको एम्बुलेन्स आपसमा ठोकिँदा बस अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो।
दुर्घटनामा संलग्न एम्बुुलेस चालक प्रहरीको सम्पर्कमा रहेको छ भने बस चालक फरार रहेकाले खोजी भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।