प्योङ्याङ, उत्तर कोरिया- राष्ट्रसङ्घका उच्च अधिकारीको प्योङ्याङको भ्रमणका क्रममा भएका वार्ताले उत्तर कोरिया र संयुक्त राष्ट्रसङ्घको सचिवालयबीच आपसी समझदारीमा वृद्धि भएको उत्तर कोरियाले जनाएको छ।
कोरियाली केन्द्रीय समाचार संस्था (केसिएनए) ले संयुक्त राष्ट्रसङ्घका राजनीतिक मामिला हेर्ने उपमहासचिवको भ्रमणको अन्तिम दिन एक प्रेस विज्ञप्ति जारी गरी दुवै पक्षले भ्रमणलाई स्वभाविक र आवश्यक रहेको महसुस गरेका जनाएको छ। 'भ्रमणका क्रममा दुवै पक्षबीच विश्वासको वृद्धि गरेको र निरन्तर यस्ता किसिमका विचारको विभिन्न तहमा आदानप्रदान हुनुपर्ने सहमति भएको छ,' विज्ञप्तिमा जनाइएको छ।
उपमहासचि जेफ्रे फेल्टम्यान लगायतका दुई राष्ट्रसङ्घीय पदाधिकारीले डिसेम्बर ५ देखि ९ सम्म प्योङ्याङको भ्रमण गरेका थिए। उनीहरूले उत्तर कोरियाका विदेश मन्त्री तथा उपविदेशमन्त्रीसँग भेट गरी द्विपक्षीय सहकार्य गरी कोरियाली प्रायद्वीपको सङ्कटका बिषयमा छलफल भएको जनाइएको विज्ञप्तिमा छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।