काठमाडौं– राजधानी काठमाडौंमा वाम गठबन्धनका उम्मेदवारले ६ तथा नेपाली कांग्रेसले ४ सिट जितेको छन्।
वाम गठबन्धनले क्षेत्र नम्बर २, ३, ५, ७, ८ र ९ मा जितेका छन् भने नेपाली कांग्रेसको खातामा १, ४, ६ र १० परेको छ।
वाम गठबन्धनका तर्फबाट क्षेत्र नम्बर २ मा नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल विजयी भएका छन्। उनले नेपाली कांग्रेसका दीपक प्रसाद कुईकेललाई १२ हजार ४ सय ६३ मतले पराजित गरे। नेपालले २७ हजार ३ सय ६६ मत प्राप्त गरेका थिए। उनका प्रतिद्वन्दी कुइकेलले १४ हजार ९ सय ३ मत प्राप्त गरे।
यस्तै, ३ नम्बर क्षेत्रमा एमालेका कृष्ण प्रसाद राईले नेपाली कांग्रेसका अम्बिका बस्नेतलाई ४ हजार २ सय ८५ मतले पराजित गरे। राई १९ हजार १ सय ६९ मत ल्याएर विजयी भए। बस्नेतले १४ हजार ८ सय ८४ मत प्राप्त गरे।
काठमाडौं क्षेत्र नम्बर ७ मा नेकपा एमालेका रामवीर मानन्धर ८ हजार २६ मतले विजयी भए। उनले १८ हजार १ सय ४ मत प्राप्त गरेका थिए। उनका प्रतिद्वन्दी राप्रपाका विक्रम थापाले १० हजार ७८ मत प्राप्त गरेका थिए।
क्षेत्र नम्बर ८ मा एमालेका जीवनराम श्रेष्ठ ४ सय ४४ मतले विजयी भए। उनले नवीन्द्रराज जोशीलाई पराजित गरे। श्रेष्ठले १३ हजार ३ सय ९७ मत प्राप्त गरे। जोशीले १२ हजार ९ सय ५३ मत प्राप्त गरेका थिए।
क्षेत्र नम्बर ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ ८ हजार ५० मतले विजयी भए। उनले २२ हजार ८ सय ५२ मत प्राप्त गरे। यस्तै, नेपाली कांगेसका ध्यान गोविन्द रञ्जितले १४ हजार ८ सय २ मत प्राप्त गरे।
नेपाली कांगेसका नेता प्रकाशमान सिंह क्षेत्र नम्बर १ बाट विजयी भए। उनलाई साझा विवेकशील पार्टीका रवीन्द्र मिश्रले कडा टक्कर दिएका थिए। सिंह ८ सय १८ मतको झिनो अन्तरले विजयी भए। उनले १० हजार ९ सय ३६ मत प्राप्त गरेका थिए। मिश्रले १० हजार १ सय १८ मत ल्याए।
क्षेत्र नम्बर ४ मा कांग्रेसका युवा नेता गगन थापा ३ हजार ४ सय १८ मतले विजयी भए। उनले २१ हजार ५ सय ५८ मत प्राप्त गरे। उनका प्रतिद्वन्दी एमालेका राजन भट्टराईले १८ हजार १ सय ४० मत प्राप्त गरे।
कांग्रेसकै भीमसेन दास प्रधान क्षेत्र नम्बर ६ मा १३ सय मतले विजयी भए। उनले १६ हजार ७ सय ८५ मत प्राप्त गरे। उनका प्रतिद्वन्दी एमालेका झक्कुप्रसाद सुवेदीले १५ हजार ४ सय ८५ मत प्राप्त गरे।
कांग्रेसका बहालवाला युवा तथा खेलकुद मन्त्री राजन केसी २ हजार २ सय ८३ मतले विजयी भए। उनले वाम गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार हितमान तामाङ विरुद्ध २४ हजार १ सय ९० मत प्राप्त गरे। तामाङले २१ हजार ९ सय ७ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।