नेपालगञ्ज- बाँके क्षेत्र नम्बर १ प्रदेशसभा (क) मा वाम गठबन्धनकी माओवादी उम्मेदवार कृष्णा केसी (नमुना) फराकिलो मत अन्तरले विजयी भएकी छन्।
केसीले १३ हजार ४ सय ३६ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेपाली कांग्रेसका शरदचन्द्र बर्मा १० हजार २ सय ४० मतमा सीमित भए। यो ३ हजार १ सय ९६ मत अन्तर हो।केसी प्रदेश नम्बर ५ को प्रदेशसभा सदस्यमा निर्वाचित हुने पहिलो महिला उम्मेदवार बनेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।