ललितपुर– ललितपुरको क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार नवराज सिलवाल विजय नजिक पुगेका छन् । करिब ३६ सय मत गन्न बाँकी रहदा उनी ५४ सय १६ मतले अगाडि छन् ।
पछिल्लो मतरिणामअनुसार सिलवालको २३ हजार ५६ मत छ भने उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार उदयशमशेर राणाको १७ हजार ६ सय ४० मत छ । मतान्तरभन्दा गन्न बाँकी मत थोरै भएकाले ललितपुर १ मा सिलवालको विजय पक्का भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।