सुर्खेत- सुर्खेतबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका दुई पूर्वमन्त्रीलाई नेकपा एमालेका उम्मेदवारले हम्मेहम्मे पारेका छन्।
क्षेत्र नं. १ बाट उम्मेदवार बनेका पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री पूर्णबहादुर खड्का एमाले जिल्ला कमिटी सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीभन्दा २ हजार ४ सय २१ मतअन्तरले पछि परेका छन्। शाहीले १९ हजार ९ सय ६८ मत प्राप्त गरी अग्रता लिइरहँदा खड्काले भने १७ हजार ५ सय ७४ मत प्राप्त गरेका छन्। शाहीले मतअन्तर बढाउँदै लगेका छन्।
त्यसैगरी क्षेत्र नं. २ बाट उम्मेदवार बनेका पूर्व सहकारी तथा गरिबी निवारण मन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानी पनि एमालेका उम्मेदवारभन्दा पछि परेका छन्। एमाले सुर्खेतका पूर्व जिल्ला अध्यक्षसमेत रहेका रावतले ४ हजार ५ सय १८ मत प्राप्त गर्दा थानीले ३ हजार ४ सय ९२ मत प्राप्त गरेका छन्। १ हजार २६ मतअन्तरले रावत अघि छन्।
मतगणना कार्य भने जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।