काठमाडौं– काठमाडौंको प्रदेशसभा तर्फ नेपाली कांग्रेस र एमालेले खाता खोलेका छन्।
काठमाडौं क्षेत्र नं. १ को ख मा एमाले उम्मेदवार गणेशप्रसाद दुलालले विजय हासिल गरेका छन्।

दुलालले ४ हजार २ सय ४२ मत ल्याए भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुरजचन्द्र लामिछानेले ४ हजार २ सय २३ मत प्राप्त गरेका छन्।
लामिछाने १९ मतले पराजित भएका हुन्।
काठमाडौ क्षेत्र नम्बर ३को प्रदेश सभा क मा नेपाली कांग्रेसका छिरिङ दोर्जे लामा विजयी भए। उनले एमालेका रुद्रबहादुर बराइलीलाई पराजित गरे।

लामाले ६ हजार ४ सय ४८ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी एमालेका रुद्रबहादुर बराइलीले ५ हजार ३ सय ३५ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।